एजेन्सी । जर्मनीमा जारी युरो कपअन्तर्गत अन्तिम १६ को खेलमा स्लोभेनियामाथि ट्राइब्रेकरमा जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमवार राति भएको खेलमा स्लोभेनियामाथि ट्राइब्रेकरमा ३–० को जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
हेस्सेस्थित फ्यांकफ्रुटमा रहेको फ्यांकफ्रुट एरिना रंगशालामा भएको खेलमा पोर्चुगललाई जिताउन गोलकिपर डिएगो कोस्टा नायक सावित भए ।
उनले स्लोभेनियाको तीन पेनाल्टी बचाए ।
ट्राइब्रेकरमा पोर्चुगालका लागि कप्तान क्रिस्चियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज र बर्नाडो सिल्भाले गोल गर्दा स्लोभाकियाका कुनैपनि खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् ।
त्यसअघि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेट लम्बियो ।
जसमा १०५ औं मिनेटमा पोर्चुगलले अग्रता लिने सुनौलो अवसर पायो ।
तर, रोनाल्डो पेनाल्टीमा चुकेसंगै खेल ट्राइब्रेकरतर्फ मोड्यो ।
अब क्वाटरफाइनलमा पोर्चुगलले बलियो फ्रान्ससंग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।