एजेन्सी । इटालियन महारथी युभेन्टसले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी टोरिनोमाथि जित हात पारेसंगै इटालियन सिरी एको २४ औं चरणका खेलहरु सम्पन्न भएका छन् ।

मंगलवार राति भएको सिरी एअन्तर्गत अन्तिम खेलमा युभेन्टसले टोरिनोमाथि ४–२ को जित निकालेको हो ।

टोरिनोको घरेलु मैदान एलियान्ज रंगशालामा भएको खेलमा भ्रमणकारी टोली युभेन्टसले पुनरागमन जित हात पारेको हो ।

घरेलु टोलका लागि खेल सुरु भएको दोस्रो मिनेटमै यान कारामोहले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि १६ औं मिनेटमा जुवान क्वाद्रादोको गोलमार्फत युभेन्टस १–१ गोलको बराबरीमा फर्कियो ।

घरेलु टोलीले पुनः ४३ औं मिनेटमा एन्टोनियो सानाब्रियाको गोलमार्फत खेलमा २–१ को अग्रता लियो । त्यसको ३ मिनेटमै युभेन्टसका दयानिलोले गोल फर्काउँदा पहिलो हाफसम्म खेल २–२ को बराबरीमा टुंगियो ।

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी पाउल पोग्वाले दोसो हाफको ६९ औं मिनेटमा परिर्वतित खेलाडीका रुपमा मैदान प्रवेश गर्दा सिजनको पहिलो लिग खेलमा सहभागिता जनायो ।

७१ औं मिनेटमा ब्रमेरले गोल गर्दा युभेन्टसले खेलमा ३–२ को अग्रता लियो । त्यसपछि ८० औं मिनेटमा एड्रियन राबियोटले गोल गर्दा खेल ४–२ ले युभेन्टसले जित्यो ।

जितसंगै महत्वपूर्ण ३ अंक जोडेको युभेन्टसले सिरी एमा २४ खेलमा ३५ अंक जोड्दै तालिकाको सातौं स्थानमा रहेको छ ।

पराजित टोरिनो समान खेलमा ३५ अंकका साथ ९ औं स्थानमा रह्यो ।

२४ औं चरण सकिँदासम्म ६५ अंकका साथ नापोली शीर्ष स्थानमा रहँदा दोस्रो र तेस्रो स्थानको इन्टर मिलान र एसी मिलानको समान ४७ अंक छ ।

लाजिओ ४५ अंक सहित चौथौं स्थानमा उक्दिा रोमा भने ४४ अंकका साथ पाँचौं स्थानमा झरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.