एजेन्सी । एसी मिलानले सिरी एमा टोरिनोमाथि जित निकालेको छ ।

सनिवार राति भएको खेलमा एसी मिलानले टोरिनोमाथि १–० को जित निकालेको हो ।

गियसेप्पे म्याजा रंगशालामा भएको खेलमा मिलानका लागि एकमात्र निर्णायक गोल ओलिभर जिरुदले खेलको ६२ औं मिनेटमा गरेका थिए । उक्त गोलको लागि थियो हर्नान्डेजले पास उपलब्ध गराएका थिए ।

जितसंगै मिलानले २२ खेलमा ४१ अंक जोड्दै लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित टोरिनो समान खेलमा ३० अंकका साथ सातौं स्थानमा छ ।

गयराति नै भएको अन्य खेलहरुमा इम्पोली र स्पाइजा २–२ गोलको बराबरीमा रोकिँदा लाजियो भने एट्लान्टासंग २–० ले स्तब्ध रह्यो ।

त्यस्तै, रोमा पानि लेइससंग १–१ को बराबरीमा रोकिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.