![ead649f842d1888179bf7119f718e9a8](https://i0.wp.com/www.kheldabali.com/wp-content/uploads/2023/01/ead649f842d1888179bf7119f718e9a8.jpg?resize=696%2C464&ssl=1)
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलको लय कायमै छ । आइतवार राति भएको खेलमा आर्सनलले टोटनहममाथि २–० को जित निकाल्दै शीर्ष स्थानमा अग्रता फराकिलो पारेको छ ।
टोटनहमको घरेलु मैदानमा भएको खेलमा आर्सनलले हाफ गरेको दुई गोल मद्दतमा जित निकालेको हो ।
खेलको १४ औं मिनेटमा स्पर्सका गोलकिपर ह्युगो लोरिसले राम्रोसंग बचाउ गर्न नसकेको बल पोस्टभित्र छिरेपछि खेलमा आर्सल १–० ले अघि बढेको थियो ।
लगातार आक्रमण बुनिरहेको भ्रमणकारी टोलीले ३६ मिनेटमा मार्टिन ओडीगार्डको ओलमार्फत खेलमा अग्रता दोब्बर पार्यो । ओडीगार्डले डिबक्सबाहिरबाछ प्रहार गरेको सशक्त प्रहार सिद्वै गोलमा परिणत भएको थियो ।
खेलमा त्यसपछि थप गोल निस्किएन र २–० ले आर्सनलले जित्यो ।
आर्सनलको १८ खेलमा ४७ अंक भएको छ । यो भनेको दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीको भन्दा ८ अंक बढी हो ।
यता, गयराति नै सम्पन्न अन्य खेलहरुमा न्युक्यासल युनाइटेडले फुलहममाथि १–० को जित रच्दा चेल्सीले पनि क्रिस्टल प्यालेसमाथि १–० को जित निकाल्यो ।