एजेन्सी । लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा टोटनहम हटस्परमाथि फराकिलो जित हात पारेको छ ।

सनिवार राति भएको खेलमा घरेलु टोली लेस्टर सिटीले टोटनहम हटस्परमाथि ४–१ को फराकिलो जित हात पारेको हो ।

किंग पावर रंगशालामा भएको खेलमा लेस्टरका लागि नामप्लेज मेन्डे, जेम्स म्याडिसन, केलेची इह्यानाचो र हाभ्रे बार्नेसले गोल गर्दा टोटनहमका लागि रोड्रिगो बेनटेङकरले एक गोल गरे ।

खेलको १४ औं मिनेटमा भ्रमणकारी टोलीले बेनटेङकरको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो । तर, घरेलु टोलीले मन्डेको गोलमार्फत खेलको २३ औं मिनेटमा बराबरी गोल फर्कायो ।

त्यसपछि २५ औं मिनेटमा म्याडिसनले गोल गर्दा लेस्टर २–१ ले अघि बढ्यो । यता, पहिलो हाफको अतिरिक्त चौथौं मिनेटमा इह्यानाचले गोल थप्दा द्धरेलु टोली ३–१ ले अघि बढ्यो ।

दोस्रो हाफको ८१ औं मिनेटमा बार्नेसले गोल गर्दा खेल घरेलु टोलीले ४–१ को फराकिलो अन्तरमा जित्यो । त्यसअघि बार्नेसले ७१ औं मिनेटमा गरेको गोल भिएआरले मान्यता दिएको थिएन ।

जितसंगै लेस्टरले २२ खेलमा २४ अंक जोड्दै लिग तालिकाको १३ औं स्थानमा उक्लिएको छ । यता, पराजित स्पर्सको भने २३ खेलमा ३९ अंक छ । स्पर्स तालिकाको पाँचौं स्थानमा रह्यो ।

यता, सनिवार नै भएको अन्य खेलमा क्रिस्टल प्यालेस र ब्राइटन १–१ को बराबरीमा रोकिँदा साउथह्याम्टन उल्भ्ससंग २–१ ले पराजित रह्यो ।

त्यस्तै लिग लिडर आर्सनल ब्रेन्टफोर्डसंग १–१ को बराबरीमा रोकिँदा फुलहमले नटिङघम फोरेस्टमाथि २–० को जित निकाल्यो । यता, बलियो चेल्सी पनि वेस्टहमसंग १–१ को बराबरीमा रोकियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.