एजेन्सी । भारतले पहिलो टेस्ट क्रिकेटमा अष्ट्रेलियाविरुद्ध फराकिलो अग्रता लिएको छ ।

दोस्रो दिनको खेल सकिँदा भारतले ७ विकेट गुमाउँदै ३२१ रन बनाएको छ ।

भारतले दोस्रो दिनसम्म १४४ रनको अग्रता लिएको छ । भारतका लागि कप्तान रोहित शर्माले २१२ बल खेल्दै १५ चौका र २ छक्का प्रहार गर्दै १२० रनको शतकीय पारी खेले ।

त्यस्तै, भारतका लागि रविन्द्र जडेजाले १७० बलमा ९ चौका प्रहार गर्दै अविजित ६६ रन जोडे । यता, अक्षर पटेलले १०२ बल खेल्दै ८ चौकाको मद्दतमा अविजित ५२ जोडेका छन् ।

भारतका अन्य ब्याट्सम्यान रविचन्द्रन आश्विन २३, विराट कोहली १२, सूर्यकुमार यादव ८ र चेतेश्वर पुजारा ७ रनमा आउट भए ।

अष्ट्रेलियाका लागि टोड मुर्फीले सर्वाधिक ५ विकेट लिँदा नाथन लायन र प्याट कमिन्सले १–१ विकेट विकेट लिए ।

आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल्न भारतलाई टेस्ट सुरिज जित्नैपर्ने दवाव छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.