भक्तपुर । विश्व टेबलटेनिस च्याम्पियनसिपको क्षेत्रीय छनोटका लागि अखिल नेपाल टेबलटेनिस संघ र नेपाली घरबीच बुधबार प्रायोजन सम्झौता भएको छ ।

च्याम्पियन्सिप मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ ।

अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र नेपाली घरका प्रबन्ध निर्देशक राजु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदानप्रदान गरे ।

सम्झौताअनुसार नेपाली घरले प्रतियोगितामा भाग लिने खेलाडीहरुका लागि खान, बस्नका लागि करिब ३ लाख रुपैयाँ बराबरको सहयोग गर्नेछ ।

च्याम्पियन्सिप मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ । यो छनोट प्रतियोगिता नै नेपालले अन्तराष्ट्रिय स्तरको आयोजना गर्न लागेको अहिलेसम्मकै ठूलो प्रतियोगिता हो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.