एजेन्सी । भारतले श्रीलंकामाथि टि–२० सिरिजको पहिलो खेलमा सहज जित निकालेको छ ।

सनिवार राति भएको खेलमा भारतले श्रीलंकामाथि ४३ रनको सहज जित निकालेको हो ।

योसंगै ३ खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा २१४ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली १९.२ ओभरमा अलआउट हुँदा मात्र १७० रनमा समेतियो ।

श्रीलंकाका लागि ओपनर ब्याट्सम्यान पाथुम निसांकाले ४८ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ७९ रनको अर्धशतकिय पारी खेल्दा अर्का ओपनर तथा विकेटकिपर कुशल मेन्डिसले २७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४५ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कुशल पेरेराले १४ बलमा ३ चौका प्रहार गर्दै २० रन जोडेर आउट हुँदा कामिन्दु मेन्डिसले ८ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १२ रन जोडेर पेविलियन फर्किए ।

यता, माथिशा पाथीराणा ६, वानिन्दु हसारंगशा र महेश थिकसाना २–२ रनमा पेविलियन फर्किए ।

श्रीलंकाका अन्य कुनैपनि ब्याटरले अंकको खाता नै खोल्न सकेनन् ।

श्रीलंकाले अतिरिक्त रुपमा ४ रन जोड्यो ।

घरेलु टोलीलाई सस्तैमा अलआउट गर्दै जित हासिल गर्न भारतका लागि रियान परागले ३, अर्शदिप सिंह र अक्षर पटेलले २–२ तथा मोहम्मद सिराज र रबि बिस्नोईले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २१३ रनको विशाल योगफल तयार पार्यो ।

भारतका लागि कप्तान सुर्यकुमार यादवले २६ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकिय पारी खेल्दा विकेटकिपर रिशभ पन्तले ३३ बल खेल्नेक्रममा ६ चौका र १ छक्का प्रहार गर्दै ४९ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले २१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोडेर आउट हुँदा अर्का ओपनर शुभमन गिलले १६ बल खेल्नेक्रममा ६ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेर पेविलियन फर्किए ।

यता, अक्षर पटेलले ५ बलमा १ छक्का प्रहार गर्दै १० रन जोडेर अविजित रहँदा हार्दिक पाण्डेया ९, रियान पराग ७, रिंकु सिंह १ रनमा पेविलियन फर्किए ।

अर्शदिप सिंह भने १ रनमा अविजित रहे ।

भारतले अतिरिक्त रुपमा ४ रन जोड्यो ।

श्रीलंकाका लागि माथिशा पाथीराणाले सर्वाधिक ४ विकेट लिँदा दिलशान मधुशंका, अशिथा फेर्नान्डो र वानिन्दु हसरंगाले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.