एजेन्सी । अफगानिस्तानविरुद्वको तीन खेलको टि–२० सिरिजअन्तर्गत पहिलो खेलमा श्रीलंकाले रोमाञ्चक जित हासिल गरेको छ ।

सनिवार राति भएको सिरिजअन्तर्गत पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानमाथि रोमाञ्चक ४ रनको जित हासिल गरेको हो ।

योसंगै श्रीलंकाले सिरिजमा १–० को अग्रता लिएको छ ।

श्रीलंकास्थित रनगिरी दुमबुल्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १६१ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तान निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १५६ रनमा समेतियो ।

भ्रमणकारी टोली अफगानिस्तानका लागि कप्तान इब्राहिम जदरानले ५५ बलमा ८ चौका प्रहार गर्दै ६७ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा करिम जनतले १६ बल खेल्दै २ चौका प्रहार गरेर २० रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गुल्बदिन नाइबले १७ बलमा २ चौका प्रहार गर्दै १६ रन जोडेर आउट हुँदा विकेटकिपर रहमानुल्लाह गुरबाजले ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोडेर पेविलियन फर्किए ।

यता, मोहम्मद नाबी र नुर अहमद समान ९–९, क्वाइस अहमद ७, अज्मुतुल्लाह ओमारजायी २ र नविन उल हक १ रन जोडेर पेविलियन फर्किए ।

अफगानिस्तानका अन्य ब्याटरले रन जोड्न सकेनन् ।

अफगानिस्तानले अतिरिक्त रुपमा १२ रन जोड्यो ।

भ्रमणकारी टोलीमाथि जित हासिल गर्न घरेलु टोलीका लागि माथिशा पाथीराणाले ४ ओभर बलिङ गर्दै २४ रन दिएर सर्वाधिक ४ विकेट लिँदा दासुन शानाकाले २ ओभर बलिङ गर्दै १७ रन दिएर २ विकेट लिए ।

त्यस्तै, कप्तान वानिन्दु हसरंगा, अंगेलो म्याथ्युज र महेश थिकशानाले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले १९ ओभर खेल्नेक्रममा अलआउट हुँदै १६० रन जोड्यो ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ३२ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ६७ रनको अर्धशतकिय पारी खेल्दा सदिरा समराविक्रमाले २४ बल खेल्नेक्रममा ३ चौका प्रहार गरेर २५ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, धनन्जय दि सिल्भाले १७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा विकेटकिपर कुशल मेन्दिसले ८ बलमा १ छक्का प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।

यता, पाथुम निस्सङ्का, अंगलो म्याथ्युस र दासुन शनाकाले समान ६–६ रन जोडेर आउट हुँदा चरिथ असलंका ३, महेश थिकशाना २ रन जोडेर पेविलियन फर्किए ।

मथिशा पाथीराणा ५ रनमा अविजित रहँदा बिनुरा फेर्नान्डो शुन्य रनमा पेविलियन फर्किए ।

श्रीलंकाले अतिरिक्त रुपमा १२ रन जोड्यो ।

श्रीलंकालाई अलआउट गर्न अफगानिस्तानका लागि फजलहक फारोक्वीले ४ ओभर बलिङ गर्नेक्रममा २५ रन दिएर ३ विकेट लिँदा नविन अल हकले ३ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिए ।

त्यस्तै, अज्मुतुल्लाह ओमारजायीले ४ ओभर बलिण् गर्दै ३० रन खर्चिएर २ विकेट लिँदा नुर अहमद र करिम जनतले समान १–१ विकेट लिए ।

सिरिजअन्तर्गत दोस्रो खेल सोमवार राति हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.