भक्तपुर । काठमाडौंमा जारी टि–२० अन्तर्राष्ट्रिय त्रिदेशिय सिरिजअन्तर्गत खेलमा नेपालले नेडरल्याण्ड्समाथि सहज जित निकालेको छ ।

सनिवार भएको खेलमा नेपालले बलियो नेडरल्याण्ड्समाथि ६ विकेटको सहज जित निकालेको हो ।

नेपालले सिरिजमा ४ खेल खेलिसक्दा २ मा जित र २ मा हारको नतिजा आत्मसाथ गर्दै ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लियो ।

योसंगै नेपालले फाइनल प्रवेश गर्ने सम्भावना पनि कायमै राखेको छ ।

यता, नेडरल्याण्ड्सले भने सिरिजमा ३ खेल खेलिसक्दा २ मा जित र १ मा हारको नतिजा निकाल्दै ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ ।

क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १२१ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन जोड्दै आउट हुँदा गुलशन झाले ३६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३८ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान कुशल मल्लले ८ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा विकेटकिपर आसिफ शेखले ८ बलमा १ चौका प्रहार गर्दै ८ रन जोड्दै पेविलियन फर्किए ।

यता, दिपेन्द्र सिंह ऐरी ४ र कुशल मल्ल २ रनमा अविजित रहे ।

नेपालले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

नेडरल्याण्ड्सका लागि भिभियान किंगमाले ४ ओभर बलिङ गर्दै १७ रन दिएर ३ विकेट लिँदा आर्यान दत्तले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको भ्रमणकारी टोली नेडरल्याण्ड्सले १ि९.३ ओभरको खेलमा अलआउट हुँदै १२० रन जोड्यो ।

नेडरल्याण्ड्सका लागि ओपनर ब्याट्सम्यान ओडोडले २४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोड्दा टिम भान देर गगटेनले २६ बल खेल्नेक्रममा २ चौका प्रहार गरेर २४ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, कप्तान तथा विकेटकिपर स्कट इडवार्ड्सले २१ बलमा १ छक्का प्रहार गर्दै १८ रन जोड्दै आउट हुँदा रोयल्फ भान देर मेर्वेले १४ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोड्दै अविजित रहे ।

यता, तेजा निदामनुरु ५, अर्का ओपनर माइकल लेभिट र भिभियान किंगमाले समान ४–४, न्वाह क्रुस ३ रनमा आउट हुँदा स्याब्रान्ड इंगलब्रेच्ट, आर्यान दत्त र केयल क्लिन शुन्य रनमा पेविलियन फर्किए ।

डच टोलीले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

बलियो डच टोलीलाई अलआउट गर्न नेपालका लागि प्रतिश जिसीले ४ ओभर बलिङ गर्नेक्रममा १ मेडन राख्दै १३ रन दिएर ३ विकेट लिँदा करण केसीले ३ ओभर बलिङ गर्दै १८ रन दिएर २ विकेट लिए ।

त्यस्तै, कुशल मल्लले ४ ओभर बलिङ गर्दै १८ रन दिएर २ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले २.३ ओभर बलिङ गर्दा १५ रन दिएर १ विकेट लिए ।

नेपालले अतिरिक्त २ विकेट रनआउटमार्फत् प्राप्त गर्यो ।

सिरजअन्तर्गत आईतवार नेडरल्याण्ड्सले नामिबियासंग खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.