एजेन्सी । बंगलादेशमाथि श्रीलंकाले टि–२० आई सिरिजअन्तर्गत पहिलो खेलमा रोमाञ्चक जित निकालेको छ ।

सोमवार राति भएको खेलमा घरेलु टोली बंगलादेशमाथि श्रीलंकाले रोमाञ्चक ३ रनको जित निकालेको हो ।

योसंगै ३ खेलको सिरिजमा भ्रमणकारी टोली श्रीलंकाले १–० को अग्रता लिएको छ ।

बंगलादेशको सेलहेटस्थित सेलहेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा २०७ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै मात्र २०३ रन जोड्न सक्यो ।

बंगलादेशका लागि जाकेर अलीले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ६८ रनको अर्धशतकिय पारी खेल्दा महमुदुल्लाहले ३१ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, कप्तान नाजमुल हुसेन शान्तोले २२ बलमा ३ चौका प्रहार गर्दै २० रन जोडेर आउट हुँदा माहिदी हसनले ११ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १६ रन जोडेर पेविलियन पर्किए ।

यता, ओपनर ब्याट्सम्यान सौम्य सरकारले ११ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा तौहिद हृदयले ८ रन जोडेर पेविलियन फर्किए ।

शोरिफुल इस्लाम ४ र तास्किन अहमेद २ रनमा अविजित रहँदा विकेटकिपर लिटन दास र राशिद हुसेन शुन्य रनमा पेविलियन फर्किए ।

बंगलादेशले अतिरिक्त रुपमा १९ रन जोड्यो ।

घरेलु टोलीमाथि रोमाञ्चक जित निकाल्न श्रीलंकाका लागि अंगेलो म्याथ्युज, बिनुरा फेर्नान्डो र दासुन शनाकाले समान २–२ विकेट लिँदा महेश थिकशाना र माथिशा पाथिराणाले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै २०६ रन जोड्यो ।

श्रीलंकाका लागि सदिरा समराविक्रमाले ४८ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा विकेटकिपर कुशल मेन्डिसले ३६ बल खेल्नेक्रममा ६ चौका र ३ छक्का प्रहार गर्दै ५९ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, चरिथ असलंकाले २१ बलमा ६ छक्का प्रहार गर्दै ४४ रन जोडेर अविजित रहँदा कामिन्दु मेन्डिसले १४ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किए ।

यता, ओपनर ब्याट्सम्यान अभिषका फेर्नान्डो भने ४ रन जोड्दै आउट भए ।

श्रीलंकाले अतिरिक्त रुपमा १९ रन जोड्यो ।

बंगलादेशका लागि राशिद हुसेन शोरिफुल इस्लाम र तास्किन अहमेदले समान १–१ विकेट लिए ।

टि–२० सिरिजअन्तर्गत दोस्रो खेल बुधवार राति हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.