भक्तपुर । नेपालले टि–२० सिरिजअन्तर्गत खेलमा ओमानमाथि सहज जित हासिल गरेको छ ।

विहिवार राति भएको खेलमा नेपालले ओमानमाथि ५६ रनको सहज जित निकालेको हो ।

योसंगै नेपालले त्रिकोणात्मक सिरिजमा ४ खेलबाट २ मा जित र २ मा हारको नतिजा निकालेको छ ।

क्यानडास्थित मापेल लिफ क्रिकेट रंगशालामा भएको खेलमा १५८ रनको विजयी लक्ष्यका साथ जवाफी मैदानमा उत्रिएको ओमान १७.५ ओभरमा अलआउट हुन पुग्दा मात्र १०१ रनमा समेतियो ।

ओमानका लागि जिशान मकसुदले ३० बलमा ३ छक्का प्रहार गर्दै ३५ रन जोड्दा कप्तान अकिब इलियासले २६ बल खेल्नेक्रममा १ चौका मद्दतमा २२ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, प्रतिक अथाभालेले ११ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा सोहिब खानले ९, आयान खानले ७, फायाज बटले ५, शकिल अहमदले ३, कश्यप प्रजापतिले २ र खालिद कैलले १ रन जोडेर पेविलियन फर्किए ।

यता, कालेमुल्लाह १ रनमा अविजित रहँदा रफिलुह शुन्य रनमा पेविलियन फर्किए ।

ओमानले अतिरिक्त रुपमा ४ रन जोड्यो ।

ओमानलाई सस्तैमा अलआउट गर्दै जित हासिल गर्न नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिँदा कप्तान रोहित पौडेल, सन्दिप लामिछाने र रिजन ढकालले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १५७ रन जोड्यो ।

नेपालका लागि रोहित पौडेलले कप्तानी पारी खेल्नेक्रममा ४४ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५६ रनको अर्धशतकिय पारी खेल्दा देव खनालले १८ बलमा ३ चौका प्रहार गरेर १८ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, कुशल मल्लले २६ बलमा १ छक्का प्रहार गर्दै १९ रन जोडेर आउट हुँदा विकेटकिपर आसिफ शेखले १४ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।

यता, कुशल भुर्तेलले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोडेर आउट हुँदा अनिल साह ५ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन बनाएर रनआउट भए ।

सोमपाल कामी ३ रनमा अविजित रहँदा गुलशन झा २ र दिपेन्द्र सिंह ऐरी १ रनमा पेविलियन फर्किए ।

नेपालले अतिरिक्त रुपमा २० रन जोड्यो ।

ओमानका लागि फायाज बटले ३ विकेट लिँदा कालेमुल्लाह, शकिल अहमद र अकिब इलियासले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.