एजेन्सी । आसन्न आईसीसी टि–२० विश्वकपको तयारीका लागि खेलिएको टि–२० सिरिजअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिकामाथि वेस्ट इन्डिजले जित हासिल गरेको छ ।

बुधवार राति भएको टि–२० सिरिजअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिकामाथि वेस्ट इन्डिजले २८ रनको जित हासिल गरेको हो ।

योसंगै ३ खेलको सिरिजमा वेस्ट इन्डिजले १–० को अग्रता लिएको छ ।

जमैकाको किंगस्टनस्थित सविना पार्क रंगशालामा भएको खेलमा १७६ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १९.५ ओभरमा अलआउट हुँदा मात्र १४७ रनमा समेतियो ।

दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान रिजा हेन्डरिक्सले ५१ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ८७ रनको अर्धशतकिय पारी खेल्दा म्याथ्यु ब्रिर्ट्ज्केले १३ बल खेलदै ४ चौका प्रहार गरेर १९ रन बनाउँदै पेविलियन फर्किए ।

त्यस्तै, कप्तान रास्सेई भान देर दुस्सानले १७ बलमा १ चौका प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा लुङ्गी एनगिडी भने ५ रनमा अविजित रहे ।

यता, रियान रिकेलटन ६, अर्का ओपनर तथा विकेटकिपर क्विन्टन डि कक र एन्डिल फेह्लुक्वायो ४–४ रनमा आउट हुँदा अन्य ३ ब्याटर शुन्य रनमा पेविलियन फर्किए ।

दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

दक्षिण अफ्रिकालाई सस्तैमा अलआउट गर्दै जित रच्न वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डे र गुडाकेश मोटैले समान ३–३ विकेट लिँदा ओबेड म्याक्कोएले २ तथा रोस्टन चेस र शामर जोसेफले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १७५ रन जोड्यो ।

वेस्ट इन्डिजका लागि ओपनर ब्याट्सम्यान तथा कप्तान ब्रान्डन किंगले ४५ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ७९ रनको अर्धशतकिय पारी खेल्दा केल मायर्सले २५ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्दै ३४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, रोस्टन चेसले ३० बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३२ रन जोडेर अविजित रहँदा म्याथ्यु फोर्डे ५, अकिल हुसेन २, अर्का ओपनर जोनसन चार्लिस, विकेटकिपर एन्ड्रे फ्लेट्चर, फाबियान एलेन र गुडाकेश मोटै समान १–१ रनमा पेविलियन फर्किए ।

वेस्ट इन्डिजले अतिरिक्त रुपमा १९ रन जोड्यो ।

दक्षिण अफ्रिकाका लागि ओटनिल बार्टमान र एन्डिल फेह्लुक्वायोले समान ३–३ विकेट लिँदा जेराल्ड कोएट्जेले १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.