एजेन्सी । भारतले दक्षिण अफ्रिकाविरुद्वको टि–२० आई सिरिजमा दोस्रो जित निकालेको छ ।

बुधवार राति भएको सिरिजअन्तर्गत तेस्रो खेलमा भारतले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको हो ।

योसंगै भारतले ४ खेलको सिरिजमा २–१ को अग्रता लिएको छ ।

दक्षिण अफ्रिकाको गाउटेङस्थित सुपर स्पोर्ट पार्क क्रिकेठ स्टेडियममा भएको खेलमा २२० रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर २०८ रनमा समेतियो ।

दक्षिण अफ्रिकाका लागि मार्को जेनसेनले १७ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेल्दा विकेटकिपर हेनरिक क्लासेनले २२ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरेर ४१ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, कप्तान एडेन मार्करमले १८ बलमा २ छक्का प्रहार गर्दै २९ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान रिजा हेनरिक्सले १३ बल खेल्नेक्रममा ४ चौका प्रहार गरेर २९ रन जोडेर पेविलियन फर्किए ।

यता, अर्का ओपनर रायन रिकेल्टनले १५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर आउट हुँदा डेविड मिल्लरले १८ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर पेविलियन फर्किए ।

ट्रिस्टन स्टुब्सले १२ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा एन्डिल सिमेलेन ५ र गेराल्र्ड कोएट्जे २ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

भारतका लागि अर्शदिप सिंहले ३ विकेट लिँदा वरुण चक्रवर्तीले २, हार्दिक पाण्डेया र अक्षर पटेलले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिण्मा उत्रिएको भ्रमणकारी टोली भारतले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर २१९ रनको विशाल योगफल तयार गर्यो ।

भारतका लागि तिलक बर्माले ५६ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक १०७ रनको शतकिय पारी खेल्दै अविजित रहँदा ओपनर ब्याट्सम्यान अभिषेक शर्माले २५ बल खेल्नेक्रममा ३ चौका र ५ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, हार्दिक पाण्डेयाले १६ बलमा ३ चौका प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा रमनदिप सिंहले ६ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोडेर रनआउट भए ।

यता, रिंकु सिंह ८, कप्तान सुर्यकुमार यादव १ र अर्का ओपनर ब्याट्सम्यान तथा विकेटकिपर सन्जु सामसन शुन्य रनमा पेविलियन फर्किए ।

अक्षर पटेल भने १ रनमा अविजित रहे ।

भारतले अतिरिक्त रुपमा १९ रन जोड्यो ।

दक्षिण अफ्रिकाका लागि केशब महाराज र एन्डिल सिमेलेनले समान २–२ विकेट लिँदा मार्को जेनसेनले १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.