एजेन्सी । भारत टि–२० आई सिरिजमा दक्षिण अफ्रिकासंग पराजित भएको छ ।
आईतवार राति भएको खेलमा भारत दक्षिण अफ्रिकासंग ३ विकेटले पराजित भएको हो ।
योसंगै ४ खेलको सिरिज १–१ को बराबरीमा आएको छ ।
दक्षिण अफ्रिकाको पोर्ट इलिजाबेथस्थित सेन्ट जर्जस् पार्क रंगशालामा भएको खेलमा १२५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको घरेलु टोलीले १९ ओभरमा ७ विकेट गुमाउँदै १२८ रन जोड्यो ।
दक्षिण अफ्रिकालाई जिताउनका लागि ट्रिस्टन स्टुब्सले ४१ बलमा ७ चौका प्रहार गरेर ४७ रन जोडेर अविजित रहँदा ओपनर ब्याट्सम्यान रिजा हेन्डरिक्सले २१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, गेराल्र्ड कोएटजीले ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोडेर अविजित रहँदा अर्का ओपनर रायन रिकेल्सनले ११ बल खेल्दै २ चौका प्रहार गरेर १३ रन जोड्दै पेविलियन फर्किए ।
यता, मार्को जेनसेन र एनडाइल सिमिल्यान्स समान ७–७, कप्तान ऐडेन मार्करम ३, विकेटकिपर हेनरिक क्लासेन २ तथा डेभिड मिल्लर शुन्य रनमा पेविलियन फर्किए ।
दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
भारतका लागि वरुण चक्रवर्तीले सर्वाधिक ५ विकेट लिँदा अर्शदिप सिंह र रबि बिस्नोईले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १२४ रन जोड्यो ।
भारतका लागि हार्दिक पाण्डेयाले ४५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडेर अविजित रहँदा अक्षर पटेलले २१ बल खेल्दै ४ चौका प्रहार गरेर २७ रन जोडेर रनआउट भए ।
त्यस्तै, तिलक बर्माले २० बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर आउट हुँदा रिंकु सिंह ९, कप्तान सुर्यकुमार यादव अभिषेक शर्मा ४–४ रनमा पेविलियन फर्किए ।
अर्शदिप सिंह ७ रनमा अविजित रहँदा विकेटकिपर सन्जु सामसन शुन्य रनमा पेविलियन फर्किए ।
भारतले अतिरिक्त रुपमा १४ रन जोड्यो ।
अष्ट्रेलियाका लागि ऐडेन मार्करम, मार्को जेनसेन, एनडाइल सिमिल्यान्स, एनक्वाबा पिटरले समान १–१ विकेट लिए ।