एजेन्सी । भारतले टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत तेस्रो खेलमा जिम्बावेमाथि जित निकालेको छ ।

बुधवार भएको सिरिजअन्तर्गत तेस्रो खेलमा भारतले जिम्बावेमाथि २३ रनको जित निकालेको हो ।

योसंगै पाँच खेलको टि–२० सिरिजमा भारतले २–१ को अग्रता लिएको छ ।

जिम्बावेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा १८३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १५९ रनमा रोकियो ।

जिम्बावेका लागि डिअन मायर्सले ४९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ६५ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा विकेटकिपर क्लिभ मडान्डेले २६ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै ३७ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, वेलिङटन मासाकाड्जाले १० बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर अविजित रहँदा कप्तान सिकिन्डर राजाले १६ बलमा ३ चौका प्रहार गर्दै १५ रनमा पेविलियन फर्किए ।

यता, ओपनर ब्याट्सम्यान ताडिवानाशे मरुमानीले १० बलमा ३ चौका प्रहार गर्दै १३ रन जोड्दै आउट हुँदा ब्रियान बेन्नेटले ४ तथा अर्का ओपनर वेस्ले मधेभारे र जोनाथन क्यामबेल १–१ रन बनाएर आउट भए ।

जिम्बावेले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

जिम्बावेमाथि जित निकाल्न भारतका लागि वाशिन्टन सुन्दरले ४ ओभर बलिङ गर्नेक्रममा १५ रन दिएर ३ विकेट लिँदा आभेस खानले ४ ओभर बलिङ गर्दै ३९ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, खलिल अहमेदले ४ ओभर बलिङ गर्दै १५ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १८२ रन जोड्यो ।

भारतका लागि कप्तान शुभमन गिलले ४९ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ६६ रनको अर्धशतकिय पारी खेल्दा रुटुराज गाइकवादले २८ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरेर ४९ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३६ रन जोडेर पेविलियन फर्किदा विकेटकिपर सन्जु सामसनले ७ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १२ रन जोडेर अविजित रहे ।

यता, अभिषेक शर्माले ९ बलमा १ चौका मद्दतमा १० रन जोडेर पेविलियन फर्किदा रिंकु सिंह १ रनमा अविजित रहे ।

भारतले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

जिम्बावेका लागि सिकन्डर राजाले ४ ओभर बलिङ गर्नेक्रममा २४ रन दिएर २ विकेट लिँदा ब्लेसिङ मुजाराबानीले ४ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.