भक्तपुर । लामो प्रतिक्षापछि नेपालले ओमानमाथि जित हासिल गरेको छ ।
आईतवार राति भएको टि–२० सिरिजअन्तर्गत खेलमा नेपालले ओमानमाथि ३७ रनको जित निकालेको हो ।
जितसंगै नेपालले २ खेलबाट १ मा जित र १ मा हारसहित २ अंक जोडेको छ ।
क्यानडास्थित मापेल लिफ क्रिकेट मैदानमा भएको खेलमा १७८ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको ओमान १९.१ ओभरमा अलआउट हुँदा १३९ रनमा समेतियो ।
ओमानका लागि शोइब खानले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४५ रन जोडेर आउट हुँदा रफिउल्लाहले १२ बल खेल्नेक्रममा १ चौका र ४ छक्का प्रहार गर्दै ३३ रन जोडेर पेविलयन फर्किए ।
त्यस्तै, फायाज बटले ६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर अविजित रहँदा विकेटकिपर प्रतिक अथाभालेले १४ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १५ रन जोडेर पेविलियन फर्किए ।
यता, खालिद कैल ११ रनमा पेविलियन फर्किदा जिशान मकसुद ६, कप्तान अकिब इलियास र आयान खान समान २–२ तथा कालेमुल्लाह १ रनमा पेविलियन फर्किए ।
कश्यप प्रजापति र शकिल अहमदले भने अंकको खाता नै नखोली पेविलियन फर्किए ।
ओमानले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
ओमानलाई अलआउट गर्दै जित हासिल गर्न नेपालका लागि करण केसीले ४ओभर बलिङ गर्दै ३६ रन दिएर ३ विकेट लिँदा गुलशन झाले २.१ ओभर बलिङ गर्दै १४ रन दिएर २ विकेट लिए ।
त्यस्तै, कुशल भुर्तेलले ३ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर २ विकेट लिँदा सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी र रिजन ढकालले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिण्मा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १७६ रन जोड्यो ।
नेपालका लागि गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४० रन जोडेर अविजित रहँदा कुशल मल्लले २६ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै ३० रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, ओपनर ब्याट्सम्यान अनिल साहले २१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट हुँदा विकेटकिपर आसिफ शेखले २२ बल खेल्नेक्रममा १ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोडेर पेविलियन फर्किए ।
यता, कुशल भुर्तेलले १७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर आउट हुँदा दिपेन्द्र सिंह ऐरीले ५ बल खेल्नेक्रममा १ चौका र २ छक्कासहित १८ रन जोडेर अविजित रहे ।
कप्तान रोहित पौडेल र देव खनाल भने समान २–२ रन बनाउँदै पेविलियन फर्किए ।
नेपालले अतिरिक्त रुपमा १० रन जोड्यो ।
ओमानका लागि अकिब इलियासले ४ ओभर बलिङ गर्दा ३२ रन खर्चिएर ३ विकेट लिँदा जिशान मकसुद, फायाज बट र शकिल अहमदले समान १–१ विकेट लिए ।