
भक्तपुर । काठमाडौंमा जारी टि–२० सिरिजअन्तर्गत खेलमा आयरल्याण्ड उल्भ्सद्वारा नेपाल ‘ए! पराजित भएको छ ।
शुक्रवार भएको खेलमा भ्रमणकारी टोली आयरल्याण्ड उल्भ्सद्वारा नेपाल ‘ए’ २१ रनले पराजित भएको हो ।
काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा २२३ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपाल १९.३ ओभरमा अलआउट हुँदा मात्र २०१ रनमा समेतियो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान लोकेश बमले ५६ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै सर्वाधिक १०६ रनको शतकिय पारी खेल्दा आरिफ शेखले २६ बल खेल्नेक्रममा १ चौका र ५ छक्का प्रहार गर्दै ४९ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, कप्तान विनोद भण्डारीले १४ बलमा २ चौका र १ छक्का प्रहार गर्दा १६ रन जोडेर आउट हुँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेन ।
अर्जुन घर्ति र बसिर अहमदले समान ३–३ रन जोड्दै आउट हुँदा किरण थगुना २ ले दुई रन जोडे ।
यता, सागर ढकाल १ रनमा अविजित रहे ।
नेपालले अतिरिक्त रुपमा २१ रन जोड्यो ।
भ्रमणकारी टोलीका लागि फियोन ह्याड र म्याथ्यु हम्फेर्सले समान ३–३ विकेट लिँदा म्याथ्युज फोस्टरले २, थोमस मायस र गाभिन होयले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको आयरल्याण्डले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २२२ रनको विशाल योगफल तयार गर्यो ।
आयल्याण्डका लागि ओपनर ब्याट्सम्यान पिटर मोरले ३२ बलमा ४ चौका २ छक्का प्रहार गर्दै ४९ रन जोड्दा काडे कारमाइकलले २९ बल खेल्नेक्रममा ४ चौका र १ छक्का प्रहार गर्दै ३८ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, कप्तान नेइल रकले २३ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३४ रन जोडेर आउट हुँदा स्टेफेज डोहेनीले १६ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै पेविलियन फर्किए ।
यता, ग्यारेथ डेलानीले १४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेर अविजित रहँदा गाभिन होयले ६ बलमा २ चौका प्रहार गर्दै १८ रन जोडेर अविजित रहे ।
आयरल्याण्डले अतिरक्त रुपमा १३ रन जोड्यो ।
नेपालका लागि कमल ऐरीले ३ विकेट लिँदा सागर ढकाल र आरिफ शेखले समान १–१ विकेट लिए ।