
एजेन्सी । आसन्न आईसीसी टि–२० विश्वकपको तयारीका खेलिएको ३ खेलको टि–२० सिरिजअन्तर्गत दोस्रो खेलमा पनि बंगलादेश संयुक्त राज्य अमेरिकासंग पराजित भएको छ ।
विहिवार राति भएको सिरिजअन्तर्गत दोस्रो खेलमा टेस्ट राष्ट्र बंगलादेश एसोसियट राष्ट्र संयुक्त राज्य अमेरिकासंग ६ रनले पराजित भएको हो ।
योसंगै जारी ३ खेलको सिरिजमा २–० को अग्रता हासिल गरिसकेको अमेरिकाले एक खेल अगावै जितेको छ ।
त्यसअघि सिरिजअन्तर्गत पहिलो खेलमा पनि बंगलादेश एसोसियट राष्ट्र अमेरिकासंग ५ विकेटले पराजित भएको थियो ।
अमेरिकाको हौस्टनस्थित प्राइरेई भ्यु क्रिकेट कम्प्लेक्समा भएको खेलमा १४५ रनको समान्य विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको बंगलादेश १९.३ ओभरमा अलआउट हुँदा मात्र १३८ रनमा समेतियो ।
बंगलादेशका लागि कप्तान नाजमुल हुसेन शान्तोले ३४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३६ रन जोडेर रनआउट हुँदा पुर्व कप्तान सकिब अल हसनले २३ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, तौहिद हृदयले २१ बलमा १ छक्का प्रहार गर्दै २५ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान तान्जिद हसनले १५ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किए ।
यता, राशिद हुसेन ९, विकेटकिपर जाकेर अली ४, महमुदुल्लाह ३ र शोरिफुल इस्लाम १ रनमा पेविलियन फर्किदा मुस्ताफिजुर रहमान १ रनमा अविजित रहे ।
बंगलादेशका २ ब्याट्सम्यान अंकको खाता नै नखोलि पेविलियन फर्किए ।
बंगलादेशले अतिरिक्त रुपमा १० रन जोड्यो ।
बंगलादेशमाथि जित हात पार्न अमेरिकाका लागि अली खानले ३ विकेट लिँदा सौरभ नेत्रभाल्कर र शाड्ले भान स्चल्कवेकले समान २–२ विकेट लिए ।
त्यस्तै, जेस्सी सिंह र कोरे एडरसनले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १४४ रन जोड्यो ।
अमेरिकाका लागि कप्तान तथा विकेटकिपर मोनान्क पटेलले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडेर आउट हुँदा आरोन जोन्सले ३४ बल खेल्नेक्रममा ३ चौका र १ छक्का प्रहार गर्दै ३५ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, ओपनर ब्याट्सम्यान स्टेभेन टेलरले २८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन जोडेर आउट हुँदा कोरे एडरसनले १० बलमा १ छक्का प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किए ।
यता, नितिश कुमार र शाड्ले भान स्चल्कवेक समान ७–७ रनमा अविजित रहे ।
अमेरिकाका अन्य २ ब्याटर शुन्यमा आउट भए ।
अमेरिकाले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
बंगलादेशका लागि शोरिफुल इस्लाम, मुस्ताफिजुर रहमान र राशिद हुसेनले समान २–२ विकेट लिए ।