भक्तपुर । नेपालले टि–२० आई सिरिजमा संयुक्त राज्य अमेरिकामाथि जित हासिल गरेको छ ।

शुक्रवार विहान भएको सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले संयुक्त राज्य अमेरिकामाथि १७ रनको जित हासिल गरेको हो ।

महत्वपूर्ण जितसंगै ३ खेलको सिरिजमा नेपालले १–० को अग्रता लिएको छ ।

अमेरिकाको टेक्सासस्थ्ति ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा भएको खेलमा १६५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १४७ रनमा समेतियो ।

अमेरिकाका लागि शयान जाहानगिरले३४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा विकेटकिपर अन्ड्रेस गौसले २५ बल खेल्नेक्रममा २ चौका र २ छक्का प्रहार गर्दै ३० रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, मिलिन्ड कुमारले २६ बलमा १ चौका प्रहार गर्दै २२ रन जोडेर आउट हुँदा जेसे सिंहले १२ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।

यता, कप्तान मोयङ्क पटेल र आरोन जोन्स समान ३–३ रनमा आउट हुँदा सैतेजा मुक्कामल्ला २ रनमा पेविलियन फर्किए ।

अमेरिकाका अन्य दुई खेलाडीले अंकको खाता खोल्न सकेनन् ।

अमेरिकाले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले ३ ओभर बलिङ गर्नेक्रममा २७ रन दिएर ३ विकेट लिँदा रिजन ढकाल, करण केसी र गुलशन झाले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १६४ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४९ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले १७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरेर २८ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान अनिल साहले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट हुँदा अर्का ओपनर तथा विकेटकिपर आसिफ शेखले २७ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै २७ रन जोडेर पेविलियन फर्किए ।

यता, गुलशन झाले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोडेर आउट हुँदा कुशल भुर्तेलले १३ बल खेल्नेक्रममा १० रन जोडेर पेविलियन फर्किए ।

सोमपाल कामी २ रनमा आउट हुँदा करण केसी र आरिफ शेख शुन्य रनमा पेविलियन फर्किए ।

सागर ढकाल भने शुन्य रनमा अविजित रहे ।

नेपालले अतिरिक्त रुपमा १० रन जोड्यो ।

अमेरिकाका लागि सौरभ नेत्रभल्कर, जेसी सिंह र हर्मित सिंहले समान २–२ विकेट लिँदा अली खान र नोसथुस केन्जिगले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.