
एजेन्सी । अफगानिस्तानले टि–२० आई सिरिजअन्तर्गत खेलमा आयरल्याण्डलाई पराजित गरेको छ ।
आईतवार राति भएको सिरिजअन्तर्गत दोस्रो खेलमा अफगानिस्तानले आयरल्याण्डलाई १० रनले पराजित गरेको हो ।
योसंगै ३ खेलको टि–२० आई सिरिज १–१ को बराबरी भएको छ ।
युएईको सारजाहस्थित सारजाह क्रिकेट रंगशालामा भएको खेलमा १५३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको आयरल्याण्डले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै मात्र १४२ रन जोड्न सक्यो ।
आयरल्याण्डका लागि ओपनर ब्याट्सम्यान एन्ड्रेयु बालबिरनेईले ४४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४५ रन जोड्दा ग्यारेथ डिलेनीले १८ बल खेल्नेक्रममा ३ चौका र ४ छक्का प्रहार गर्दै ३९ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, कप्तान पाउल स्टर्लिङले १५ बलमा ५ चौका प्रहार गर्दै २४ रन जोडेर पेविलयन फर्किदा विकेटकिपर लार्कान टक्टरले १० बलमा १० रन जोड्दै आउट भए ।
यता, कर्टिस क्यामफेर ६, जर्ज डकरेल ५ रनमा पेविलियन फर्किदा ब्यारी म्याककार्थी ६ रनमा अविजित रहे ।
आयरल्याण्डका अन्य दुई खेलाडीले अंकको खाता नै खोल्न सकेनन् ।
आयरल्याण्डले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
आयरल्याण्डमाथि जित निकाल्न अफगानिस्तानका लागि कप्तान राशिद खानले ४ ओभर बलिङ गर्दै मात्र १४ रन दिएर सर्वाधिक ४ विकेट लिए ।
त्यस्तै, नानगेयालिया खरोतेले ४ ओभर बलिङ गर्दै २३ रन दिएर २ विकेट लिँदा फैजलहक फारुक्वी र मोहम्मद नाबीले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १५२ रन जोड्यो ।
अफगानिस्तानका लागि मोहम्मद नाबीले ३८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५९ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान सेदिकुल्लाह अटलले ३२ बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार र्गै ३५ रन जोडेर रनआउट भए ।
त्यस्तै, राशिद खानले १२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडेर आृट हुँदा इजाज अहमदजायी ९, इब्राहिम जडरान ५ र विकेटकिपर रहमानुल्लाह गुरबाज ३ रनमा पेविलियन फर्किए ।
नानगेयालिया खरोते ४ र फैजलहक फारुक्वी १ रनमा अविजित रहँदा ३ अफगानी खेलाडी शुन्य रनमा पेविलियन फर्किए ।
अफगानिस्तानले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
आयरल्याण्डका लागि मार्क अदैरले ४ ओभर बलिङ गर्दै २७ रन दिएर ३ विकेट लिँदा जोसुआ लिटल र ब्यारी म्याककार्थीले समान २–२ विकेट लिए ।
त्यस्तै, बेन्जामिन ह्वाइटले १ विकेट लिए ।