भक्तपुर । काठमाडौंमा जारी टि–२० अन्तर्राष्ट्रिय त्रिदेशिय सिरिजअन्तर्गत लिग चरणको अन्तिम खेल वर्षाले प्रभावित बनेपछि खेल रद्द भएको छ ।

आईतवारको नामिबियानेडरल्याण्ड्सबीचको खेल बर्षाले प्रभावित बनेपछि खेल पूरा हुन नपाउँदै रद्द भएको हो ।

खेल रद्द भएसंगै दुबै टोलीले १–१ अंक पाए ।

फाइनल प्रवेश गर्न बलियो नेडरल्याण्ड्समाथि फराकिलो जित जरुरी रहेको अवस्थामा वर्षा बाधक बन्दा नामिबिया फाइनल प्रवेश गर्न असफल रह्यो ।

योसंगै टि–२० सिरिजमा नेडरल्याण्ड्सले ४ खेलबाट २ मा जित, १ मा हार र एक खेल नतिजा विहिन हुँदा ५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहन सफल भयो ।

त्यस्तै, नेपालले भने ४ खेलमध्येमा २ मा जित र २ मा हारको नतिजा निकाल्दै ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रह्यो ।

यता, नामिबियाको भने ४ खेलमध्येबाट १ मा जित, २ मा हार र १ खेल नतिजा विहिन हुँदा ३ अंक जोडेर तालिकाको पुच्छारमा रह्यो ।

योसंगै अंक तालिकामा पहिलो र दोस्रो भएका नेडरल्याण्ड्स र नेपालले सिरिजको उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने तय भएको छ ।

फाइनल खेल मंगलवार हुनेछ ।

त्यसअघि काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नामिबियाले वर्षाले खेल बिथोलिनु पुर्व १५ ओभर खेल्दा ४ विकेट गुमाउँदै ९८ रन जोडेको थियो ।

नामिबियाका लागि निकोल लोफ्टी इटनले २९ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३४ रन जोडेर क्रिजमा रहँदा जेन ग्रिनले पनि १० बल खेल्दै १ चौका प्रहार गरेर ११ रनमा क्रिजमा थिए ।

यता, नामिबियाका लागि कप्तान जेजे स्मिथले १७, मलान क्रुगरले २४, जिन पिइरे कोट्जेले ६ र जान फ्राइलिंकले ५ रन जोडेर पेविलियन फर्किए ।

डच टोलीका लागि भिभियान किंगमा, टिम भान देर गगटेन, आर्यान दत्त र रोयल्फ भान देर मेर्वेले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.