
एजेन्सी । भारतले अफगानिस्तानविरुद्वको तीन खेलको टि–२० सिरिजअन्तर्गत दोस्रो खेल जितेको छ ।
आईतवार राति भएको अफगानिस्तानविरुद्वको टि–२० सिरिजअन्तर्गत दोस्रो खेल पनि भारतले ६ विकेटले नै जितेको हो ।
त्यसअघि सिरिजअन्तर्गत पहिलो खेल पनि भारतले ६ विकेटले नै जितेको थियो ।
योसंगै भारतले एक खेल अगावै टि–२० सिरिज जितेको छ ।
भारतको मध्ये प्रदेशस्थित होल्कर क्रिकेट रंगशालामा भएको खेलमा १७३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको भारतले १५.४ ओभरमा मात्र ४ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतको जितमा ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले ३४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६८ रनको अर्धशतकिय पारी खेल्दा शिभम् दुबेले ३२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।
त्यस्तै, भेट्रान खेलाडी विराट कोहलीले १६ बलमा ५ चौका प्रहार गर्दै २९ रन जोडेर पेविलियन फर्किदा रिङ्कु सिंह ९ रनमा अविजित रहे ।
यता, कप्तान रोहित शर्मा र विकेटकिपर जितेश शर्मा शुन्य रनमा पेविलियन फर्किए ।
भारतले अतिरिक्त रुपमा ४ रन जोड्यो ।
अफगानिस्तानका लागि करिम जनतले २ ओभर बलिङ गर्नेक्रममा १३ रन दिएर २ विकेट लिँदा फजलहक फारुकी र नविन उल हकले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा अलआउट हुँदै १७२ रन जोड्यो ।
अफगानिस्तानका लागि गुलबदिन नाइबले ३५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५७ रनको अर्धशतकिय पारी खेल्दा नाजिबुल्लाह जद्रानले २१ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै २घ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, मुजिब उर रहमानले ९ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २१ रन जोडेर रन आउट हुँदा करिम जनतले १० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर आउट भए ।
विकेटकिपर रहमानुल्लाह गुरबाजले ९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा मोहम्मद नाबीले १८ बल खेल्नेक्रममा १ चौका मद्दतमा १४ रन जोडेर पेविलियन फर्किए ।
यता, कप्तान इब्राहिम जदरान ८, अजमुतुल्लाह ओमारजाई २, नुर अहमद १ रन बनाएर आउट भए ।
नविन उल हक १ रनमा अविजित रहँदा फजलहक फारुकी शुन्य रनमा रनआउट भए ।
अफगानिस्तानले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
अफगानिस्तानलाई अलआउट गर्न भारतका लागि अर्शदिप सिंहले ४ ओभर बलिङ गर्दै ३२ रन दिएर सर्वाधिक ३ विकेट लिँदा रवि बिस्नोईले ४ ओभर बलिङ गर्दै ३९ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, अक्षर पटेलले ४ ओभर बलिङ गर्नेक्रममा मात्र १७ रन दिएर २ विकेट लिँदा शिभम् दुबेले ३ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर १ विकेट लिए ।