एजेन्सी । सह–आयोजक राष्ट्र संयुक्त राज्य अमेरिकाले ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपमा जितका साथ प्रतियोगितमा सुखद सुरुवात गरेको छ ।

आईतवार विहान भएको उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्दी क्यानडामाथि ७ विकेटको जित निकाल्दै संयुक्त राज्य अमेरिकाले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

महत्वपूर्ण जितसंगै अमेरिकाले समूह ‘ए’ को तालिकामा २ अंक जोडेको छ ।

अमेरिकाको टेक्सासस्थित ग्रान्ड पेरी रंगशालामा भएको खेलमा १९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले १७.३ ओभरमा मात्र ३ विकेट गुमाउँदै १९७ रन जोड्यो ।

अमेरिकालाई जित दिलाउन आरोन जोन्सले विष्पोटक पारी खेल्नेक्रममा ४० बलमा ४ चौका १० छक्का प्रहार गर्दै ९४ रन जोडेर अविजित रहँदा एन्ड्रेस गोसले ४६ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गर्दै ६५ रनको अर्धशतकिय परी खेल्दै पेविलयन फर्किए ।

त्यस्तै, कप्तान तथा विकेटकिपर मोनाङ्क पटेलले १६ बलमा २ चौका प्रहार गर्दै १६ रन जोडेर आउट हुँदा कोरे एडरसन भने ३ रनमा अविजित रहे ।

ओपनर ब्याट्सम्यान स्टेभेन टेलर भने शुन्य रनमा पेविलियन फर्किए ।

अमेरिकाले अतिरिक्त रुपमा १९ रन जोड्यो ।

क्यानडाका लागि कलिम साना, डिलन हेलिगर र निखिल दत्तले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १९४ रन जोड्यो ।

क्यानडाका लागि ओपनर ब्याट्सम्यान नभनित धलिवालले ४४ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकिय पारी खेल्दा निकोलास क्रिटनले ३१ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकिय परी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, विकेटकिपर श्रेयास मोभ्भाले १६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३२ रन जोडेर अविजित रहँदा अर्का ओपनर आरोन जोनसनले १६ बल खेल्नेक्रममा ५ चौका प्रहार गरेर २३ रन जोडेर पेविलियन फर्किए ।

यता, दिलप्रित बाज्वाले ५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोडेर रनआउट हुँदा परगत सिंह पनि ५ रनमा रनआउट भए ।

डिलन हेलिगर १ रनमा अविजित रहे ।

क्यानडाले अतिरिक्त रुपमा १० रन जोड्यो ।

अमेरिकाका लागि अली खान, हरमित सिंह र कोरे एडरसनले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.