एजेन्सी । ओमानमाथि सुपरओभरमा जित निकाल्दै नामिबियाले ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपमा विजयी सुरुवात गरेको छ ।

सोमवार विहान भएको खेलमा ओमानमाथि सुपरओभरमा ११ रनको जित निकाल्दै नामिबियाले टि–२० विश्वकपमा विजयी सुरुवात गरेको हो ।

महत्वपूर्ण जितसंगै नामिबियाले समूह ‘बी’ २ अंक जोडेको छ ।

दुुई एसोसियट राष्ट्र विचको रोमाञ्चक लो स्कोरिङ खेल बराबरीमा सकिएसंगै खेलको निर्णय सुपरओभरबाट भयो ।

सुपरओभरमा २२ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको ओमानले १ विकेट गुमाउँदै मात्र १० रनमात्र जोड्न सक्यो ।

सुपरओभरमा ओमानका लागि अकिब इलियासले २ बलमा १ छक्कासहित ७ रन जोडेर अविजित रहँदा नासिम खुसीले २ बलमा ३ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, जिशान मकसुद १ रनमा अविजित रहे ।

नामिबियालाई जिताउन डेभिड वेइसेले १ ओभर बलिङ गर्दै १० रन दिएर महत्वपूर्ण १ विकेट लिए ।

त्यसअघि सुपरओभरमा पहिला ब्याटिङमा उत्रिएको नामिबियाले २१ रन जोड्यो ।

नामिबियाका लागि डेभिड वेइसेले ४ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोड्दै अविजित रहँदा कप्तान गेरहार्ड इरास्मुसले २ बल सामना गर्दै २ चौका प्रहार गरेर ८ रन जोड्दै अविजित रहे ।

त्यसअघि वेस्ट इन्डिजको बारबदोसस्थित केनसिनग्टोन ओभल रंगशालामा भएको निर्धारित २० ओभरको खेलमा ११० रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १०९ रन जोड्यो ।

नामिबियाका लागि जान फ्राइलिंकले ४८ बल खेल्नेक्रममा ६ चौका प्रहार गर्दै ४५ रन जोडेर पेविलियन फर्किदा ओपनर ब्याट्सम्यान निको डाभिनले ३१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडेर आउट भए ।

त्यस्तै, गेरहार्ड इरास्मुसले १६ बलमा १ चौका प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा जेजे स्मिथ ९ रनमा पेविलियन फर्किए ।

यता, डेभिड वेइसे ९ र मलान क्रुगेर १ रनमा अविजित रहँदा विकेटकिपर जेन ग्रिन शुन्य रनमा पेविलियन फर्किए ।

नामिबियाले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

लो स्कोरिङ खेललाई टाई गर्न ओमानका लागि मेहरान खानले ३ ओभर बलिङ गर्दै १ मेडन राखेर मात्र ७ रन दिएर ३ विकेट लिँदा कप्तान अकिब इलियास, बिलाल खान र आयान खानले समान १–१ विकेट लिए ।

त्यसअघि हारेर पहिला ब्याटिङमा उत्रिएको ओमानले १९.४ ओभरमा अलआउट हुँदै १०९ रन जोड्यो ।

ओमानका लागि खालिद काइलले ३९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेर आउट हुँदा जिशान मक्सुदले २० बल खेल्दै ४ चौका प्रहार गरेर २२ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, आयान खानले २१ बलमा १ छक्का प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा शकिल अहमदले ९ बल खेल्नेक्रममा २ चौका प्रहार गरेर ११ रन जोड्दै पेविलियन फर्किए ।

यता, मेहरान खान ७, विकेटकिपर नसिम खुसी र मोहम्मद नदिम समान ६–६, कालेमुल्लाह २ रनमा पेविलियन फर्किदा बिलाल खान भने १ रनमा अविजित रहे ।

ओमानका अन्य २ खेलाडी शुन्य रनमा पेविलियन फर्किए ।

ओमानले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

ओमानलाई अलआउट गर्दै सस्तैमा समेत्न नामिबियाका लागि रुवेन ट्रम्पेलम्यानले ४ ओभर बलिङ गर्दै २१ रन दिएर सर्वाधिक ४ विकेट लिँदा डेभिड वेइसेले ३.४ आभरमा २८ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, गेरहार्ड इरास्मुसले ४ आभर बलिङ गर्दै २० रन दिएर २ विकेट लिँदा बेर्नार्ड सोल्ट्जले ४ ओभरमा २० रन दिएर १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.