भक्तपुर । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टि–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
बुधवार नेपाल क्रिकेट संघ (क्यान) ले ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपका लागि १५ सदस्सीय नेपाली टोली घोषणा गरेको हो ।
घोषित नेपाली टोलीमा कप्तान रोहित पौडेलसंगै विकेटकिपर आसिफ शेख, अनिल कुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सुन्दिप जोरा, अबिनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी समेतिएका छन् ।
जुन १ तारिखदेखि २९ तारिखसम्म सञ्चालन हुने टि–२० ढाँचाको विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।
सन् २०१४ पछि विश्वकप खेल्न लागेको नेपालले जुन ४ तारिखमा नेडरल्याण्ड्ससंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
त्यस्तै, दोस्रो खेल जुन ११ तारिखमा टेष्ट राष्ट्र श्रीलंकासंग नेपालले खेल्ने तालिका रहँदा १४ तारिखमा दक्षिण अफ्रिका र १६ तारिखमा बंगलादेशसंग खेल्ने तालिका रहेको छ ।