एजेन्सी । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा जारी आईसीसी टि–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाले जित हासिल गरेको छ ।

सोमवार विहान भएको खेलमा टेस्ट राष्ट्र श्रीलंकाले नेडरल्याण्ड्समाथि ८३ रनको जित हासिल गरेको हो ।

यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको श्रीलंकाका लागि यो सान्तोना जित रह्यो ।

समूह ‘डी’ मा रहेको श्रीलंकाले ४ खेलबाट ३ अंक जोड्दै तालिकामा तेस्रोमा रहेर विश्वकप टुंग्यायो ।

पराजित नेडरल्याण्ड्सको समान ४ खेलमा २ अंकसहित तारिकाको चौथौं स्थानमा रह्यो ।

वेस्ट इन्डिजस्थित डारेन साम्मी क्रिकेट रंगशालामा भएको खेलमा २०२ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेडरल्याण्ड्स १६.४ ओभरमा अलआउट हुँदा मात्र ११८ रनमा समेतियो ।

नेडरल्याण्ड्सका लागि कप्तान स्कट इडवार्ड्सले २४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान माइकल लेभिटले २३ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, अर्का ओपनर म्याक्स ओडोडले ८ बलमा १ छक्का प्रहार गर्दै ११ रन जोडेर आउट हुँदा स्यब्रान्ड इङ्गलब्रिच्टले ९ बल खेल्दै १ छक्का प्रहार गरेर ११ रन जोडेर पेविलियन फर्किए ।

यता, आर्यान दत्तले ८ बलमा १ चौका मद्दतमा १० रन जोडेर आउट हुँदा बिक्रमजित सिंह ७, बास दि लिड र पाउल भान मिकेरेन समान ३–३, टिम प्रिङ्ग्ले २ र लोगान भान बिक शुन्य रनमा पेविलियन फर्किए ।

भिभियान किंगमा भने १ रनमा अविजित रहे ।

डच टोलीले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

श्रीलंकाको जितमा नुवान थुशाराले ३ विकेट लिँदा कप्तान वानिन्दु हसरंगा र माथिशा पाथिराणाले समान २–२, महेश थिकशाना र दासुन शानाकाले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २०१ रन जोड्यो ।

श्रीलंकाका लागि ओपनर ब्याट्सम्यान तथा विकेटकिपर कुसल मेन्डिसले २९ बलमा ५ चौका प्रहार गर्दै ४६ रन जोडेर आउट हुँदा चरिथ असलंकाले २१ बल खेल्दै १ चौका र ५ छक्का प्रहार गर्दै ४६ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, धनन्जय दि सिल्भाले २६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेर आउट हुँदा अंगेलो म्याथ्युजले १५ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै ३० रन जोडेर पेविलियन फर्किए ।

यता, कामिन्दु मेन्डिसले २० बलमा १ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा कप्तान वानिन्दु हसरंगाले ६ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै २० रन जोडेर अविजित रहे ।

अर्का ओपनर पाथुम निस्संका र दासुन शनाका शुन्य रनमा पेविलियन फर्किए ।

श्रीलंकाले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

नेडरल्याण्ड्सका लागि लोगान भान बिकले २ विकेट लिँदा भिभियान किंग्मा, आर्यान दत्त, पाउल भान मिकेरेन र टिम प्रिङग्लेले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.