
एजेन्सी । भारतले आईसीसी टि–२० विश्वकपअन्तर्गत सुपर ८ को खेलमा अफगानिस्तानलाई पराजित गरेको छ ।
विहिवार राति भएको खेलमा बलियो भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो ।
सहज जित हासिल गरेको भारतले ग्रुप १ को तालिकामा महत्वपूर्ण २ अंक जोडेको छ ।
बारबाडोसस्थित केनसिङ्गटन ओभल बारबाडोस रंगशालामा भएको खेलमा १८२ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा अलआउट हुँदै मात्र १३४ रन जोड्यो ।
अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाईले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २६ रन जोडेर पेविलियन फर्किदा नाजिबुल्लाह जडरानले १७ बल खेल्दै २ छक्का प्रहार गरेर १९ रन जोडेर आउट भए ।
त्यस्तै, गुलबदिन नाइबले २१ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा मोहम्मद नाबीले १४ बल खेल्नेक्रममा १ छक्का प्रहार गर्दै १४ रन जोडेर पेविलियन फर्किए ।
नुर अहमदले १८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान तथा विकेटकिपर रहमानुल्लाह गुरबाजले ८ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किए ।
यता, फजलहक फारुकी ४ रनमा अविजित रहँदा इब्राहिम जडरान ८, कप्तान राशिद खान र हजरतुल्लाह समान २–२ र नविन उल हक शुन्य रनमा पेविलियन फर्किए ।
अफगानिस्तानले अतिरक्त रुपमा १९ रन जोड्यो ।
भारतलाई जिताउन अर्शदिप सिंह र जसप्रित बुमराहले समान ३–३ विकेट लिँदा कुलदिप यादवले २, अक्षर पटेल र रबिन्द्र जडेजाले १–१ विकेट लिए ।
त्यसअघि टस जितरे पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १८१ रन जोड्यो ।
भारतका लागि सुर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकिय पारी खेल्दा हार्दिक पाण्डेयाले २४ बल खेल्नेक्रममा ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, ओपनर ब्याट्सम्यान विराट कोहोलीले २४ बलमा १ छक्का प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा विकेटकिपर रिशभ पन्तले ११ बल खेल्दै ४ चौका प्रहार गर्दै २० रन जोडेर पेविलियन फर्किए ।
अक्षर पटेलले ६ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडेर रनआउट हुँदा शिभम् दुबेले ७ बल खेल्दै १ छक्का प्रहार गरेर १० रन जोड्दै पेविलियन फर्किए ।
यता, अर्का ओपनर तथा कप्तान रोहित शर्मा ८ र रविन्द्र जडेजा ७ रनमा पेविलियन फर्किदा अर्शदिप सिंह २ रनमा अविजित रहे ।
भारतले अतिरिक्त रुपमा १३ रन जोड्यो ।
अफगानिस्तानका लागि कप्तान राशिद खान र फजलहक फारुकीले समान ३–३ विकेट लिँदा नविन उल हकले १ विकेट लिए ।