एजेन्सी । आईसीसी टि–२० विश्वकपअन्तर्गत खेलमा पुपुवा न्युगिनी (पिएनजी) माथि सह–आयोजक वेस्ट इन्डिजले जित हासिल गरेको छ ।

आईतवार राति भएको खेलमा एसोसियट राष्ट्र पिएनजीमाथि टेस्ट टोली वेस्ट इन्डिजले ५ विकेटको जित हासिल गरेको हो ।

महत्वपूर्ण जितसंगै समूह ‘सी’ को तालिकामा वेस्ट इन्डिजले २ अंक जोडेको छ ।

गुएनास्थित प्रोभिडेन्स स्टेडियममा भएको खेलमा १३७ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

वेस्ट इन्डिजको जितमा ओपनर ब्याट्सम्यान ब्रान्डन किंगले २९ बलमा ७ चौका प्रहार गर्दै ३४ रन जोड्दा विकेटकिपर निकोलास पुरनले २७ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरेर २७ रन जोडेर आउट भए ।

त्यस्तै, रोस्टन चेसले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोडेर अविजित रहँदा एन्ड्रे रस्सेलले ९ बलमा १ छक्का प्रहार गर्दै १५ रन जोडेर अविजित रहे ।

यता, कप्तान रोभमान पोवेलले १४ बलमा २ चौका प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा शेरफान रुथरफोर्ड २ रनमा पेविलियन फर्किए ।

अर्का ओपनर जोनसन चार्लिस भने अंकको खाता नै नखोली पेविलियन फर्किए ।

वेस्ट इन्डिजले अतिरिक्त रुपमा २ रन जोड्यो ।

पिएनजीका लागि कप्तान अस्साद भालाले ४ ओभर बलिङ गर्नेक्रममा १ मेडनसहित २८ रन दिएर २ विकेट लिँदा जोन कारिको, चाद सोपेर र अलै नाओले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको पिएनजीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३६ रन जोड्यो ।

पिएनजीका लागि सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकिय परी खेल्दा विकेटकिपर किप्लिन डोरिगाले १८ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै २७ रन जोडेर अविजित रहे ।

त्यस्तै, कप्तान तथा ओपनर ब्याट्सम्यान अस्साद भालाले २२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा चार्लिस अमिनीले १४ बल खेल्दै १२ रन जोडेर पेविलियन फर्किए ।

यता, चाद सोपेरले ९ बलमा १ चौका प्रहार गर्दै १० रन जोडेर आउट हुँदा अर्का ओपनर टोनी उरा र हिरी हिरीले समान २–२ लेगा सियाका १ रनमा पेविलियन फर्किए ।

काबुआ मोरेया २ रनमा अविजित रहँदा अलै नाओ शुन्य रनमा पेविलियन फर्किए ।

पिएनजीले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

वेस्ट इन्डिजका लागि एन्ड्रे रस्सेलले ३ ओभर बलिङ गर्दा १९ रन दिएर २ विकेट लिँदा अल्जारी जोसेफले ४ ओभरमा ३४ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, अकेल हुसेन, रोमारियो शेफर्ड र गुडाकेश मोटीले समान १–१ विकेट लिँदा अर्को १ विकेट रनआउटमार्फत् प्राप्त गर्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.