एजेन्सी । युगान्डाले आईसीसी टि–२० विश्वकपअन्तर्गत खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई पराजित भएको छ ।
विहिवार विहान भएको पहिलो खेलमा युगान्डाले पिएनजीलाई ३ विकेटले पराजित गरेको हो ।
महत्वपूर्ण जितसंगै युगान्डाले २ खेलबाट समूह ‘सी’ मा २ अंक जोडेको छ ।
पराजित पिएनजीको भने दुई खेलमा अंकको खाता खोल्न सकेको छैन ।
वेस्ट इन्डिजके गुएनास्थित प्रोभिडेन्स स्टेडियममा भएको लो स्कोरिङ खेलमा ७८ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको युगान्डाले १८.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरे ।
युगान्डाको जितमा रियाजत अली साहले ५६ बलमा १ चौका प्रहार गर्दै ३३ रन जोड्दा जुमा वैस्वाले १६ बलमा १३ रन जोडेर रनआउट भए ।
युगान्डाका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
केन्नेथ वैस्वा ७ रनमा अविजित रहँदा अलपेश रामजानी ८, विकेटकिपर सिमोन सेसाजी र राबिन्सन ओबुया १–१ रन जोड्दै पेविलियन फर्किए ।
युगान्डाका अन्य ३ ब्याटरले अंकको खाता नै खोल्न सकेनन् ।
युगान्डाले अतिरिक्त रुपमा १५ रन जोड्यो ।
पिएनजीका लागि अलै नाओ र नोर्मन भानुआले समान २–२ विकेट लिँदा कप्तान अस्सद भाला र चाद सोपेरले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको पिएनजीले १९.१ ओभरमा अलआउट हुँदै ७७ रन बनायो ।
पिएनजीका लागि हिरी हिरीले १९ बलमा २ चौका प्रहार गर्दै १५ रन जोडेर पेविलियन फर्किदा लेगा स्याकाले १७ बल खेल्दै १ चौका प्रहार गर्दै १२ रन जोडेर रनआउट भए ।
त्यस्तै, विकेटकिपर किप्लिन डोरिगाले २० बलमा १ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा सेसे बाउ, चार्लिस एमिनी, नोर्मन भानुआ र अलै नाओ समान ५–५ रन जोडेर पेविलियन फर्किए ।
यता, चाद सोपेर ४, टोनी उरा १ र अस्सद भाला शुन्य रनमा पेविलियन फर्किदा जोन कारिको पनि शुन्य रनमा अविजित रहे ।
पिएनजीले अतिरिक्त रुपमा १३ रन जोड्यो ।
युगान्डाका लागि अल्पेश रामजानी, कोसमस केउटा, जुमा मियागी र फ्याङ्क एनसुबुगाले समान २–२ विकेट लिँदा कप्तान ब्रियान मासाबाले १ विकेट लिए ।