एजेन्सी । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ ।

मंगलवार राति भएको खेलमा एसोसियट राष्ट्र क्यानडामाथि पाकिस्तानले ७ विकेटको जित हासिल गरेको हो ।

महत्वपूर्ण जितसंगै पाकिस्तानले प्रतियोगितामा आफुलाई कायमै राखेको छ ।

त्यसअघि पाकिस्तान पहिलो खेलमा सह–आयोजक राष्ट्र अमेरिकासंग सुपर ओभरमा र दोस्रो खेलमा भारतसंग ६ रनले पराजित रहेको थियो ।

योसंगै पाकिस्तानले ३ खेलबाट २ अंक जोड्दै समूह ‘ए’ को तालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

सामान ३ खेल खेलेको क्यानडाको पनि समान २ अंक नै रहेतापनि नेट रननेटका आधारमा तालिकाको चौथौं स्थानमा रहेको छ ।

अमेरिकाको न्युयोर्कस्थित नासौ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १०७ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानको जितमा ओपनर ब्याट्सम्यान तथा विकेटकिपर मोहम्मद रिजवानले ५३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा कप्तान बाबर आजामले ३३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३३ रनमा पेविलियन फर्किए ।

त्यस्तै, अर्का ओपनर सैम अयुब ६, फकिर जमान ४ रनमा पेविलियन फर्किदा उसमान खान २ रनमा अविजित रहे ।

पाकिस्तानले अतिरिक्त रुपमा ९ विकेट जोड्यो ।

क्यानडाका लागि डिलन हेलिगेरले २ विकेट लिँदा जेरेमी गोर्डनले १ विकेट लिए ।

त्यसअघि टस जितेको पाकिस्तानले क्यानडालाई पहिला ब्याटिङमा निम्त्यायो ।

क्यानडाले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १०६ रन जोड्यो ।

क्यानडाका लागि ओपनर ब्याट्सम्यान आरोन जोनसनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दा कलिम सानाले १४ बल खेल्नेक्रममा १ छक्का प्रहार गर्दै १३ रन जोड्दै अविजित रहे ।

त्यस्तै, कप्तान साद बिन जफरले २१ बल सामना गर्दा १ चौका प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किदा डिलन हेलिगेरले ११ बलमा १ चौका प्रहार गर्दै ९ रन जोड्दै अविजित रहे ।

यता, अर्का ओपनर नभनित धलिवाल ४, परगत सिंह र विकेटकिपर श्रेयस मोभ्भा समान २–२ रनमा आउट हुँदा निकोलास क्रिटन १ रनमा रनआउट भए ।

रविन्दर पाल भने शुन्य रनमा पेविलियन फर्किए ।

क्यानडाले अतिरिक्त रुपमा १३ रन जोड्यो ।

क्यानडालाई सस्तैमा समेत्न पाकिस्तानका लागि मोहम्मद अमिर र ह्यारिस रौफले समान २–२ विकेट लिँदा शाहिन अफ्रिदी र नसिम शाहले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.