भक्तपुर । नेपाल आईसीसी टि–२० विश्वकपअन्तर्गत पहिलो खेलमा नेडरल्याण्ड्ससंग पराजित भएको छ ।
मंगलवार राति भएको खेलमा नेपाल नेडरल्याण्ड्ससंग ६ विकेटले पराजित भएको हो ।
योसंगै समूह ‘डी’ मा नेडरल्याण्ड्सले महत्वपूर्ण २ अंक जोडेको छ ।
संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित ग्रान्ड पेरी स्टेडियममा भएको खेलमा १०७ रनकाृ सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेडरल्याण्ड्सले१८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन जोड्यो ।
नेडरलयाड्सका लागि म्याक्स ओडोडले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा विक्रम सिंहले २८ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै २२ रन जोड्यो ।
त्यस्तै, स्यब्रान्ड इङ्गलब्रेच्टले १६ बलमा १ चौका प्रहार गर्दै १४ रन जोडेर रनआउट हुँदा बास दि लिडले १० बल खेल्नेक्रमा १ चौका प्रहार गर्दै ११ रन बनाएर अविजित रहे ।
कप्तान स्कट इडवार्ड्स ५ र माइकल लेभिट १ रनमा पेविलियन फर्किए ।
नेडरलयाण्डले अतिरक्त रुपमा २ रन जोड्यो ।
नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अबिनाश बोहराले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १०६ रन जोड्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा ५ चौका प्रहार गर्दै ३५ रन जोडेर आउट हुँदा करण केसीले १२ बल खेल्नेक्रममा २ छक्का प्रहार गर्दै १७ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, गुलशन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा अनिल साहले १२ बल खेल्दै २ चौका प्रहार गरेर ११ रन जोडेर पेविलियन फर्किए ।
नेपालका अन्य ब्याटरले दोहारो अंकमा रन जोड्न सकेनन् ।
कुशल मल्ल ९, कुशल भुर्तेल ७, विकेटकिपर आसिफ शेख ४ र दिपेन्द्र सिंह ऐरी १ रनमा पेविलियन फर्किदा अन्य ३ ब्याटरले अंकको खाता नै खोल्न सकेनन् ।
नेपालले अतिरिक्त रुपमा ८ रन जोड्यो ।
नेपाललाई सस्तैमा अलआउट गर्न टिम प्रिङ्गले र लोगान भान बिकले समान ३–३ विकेट लिँदा पाउल भान मिकरेन र बास दि लिडले समान २–२ विकेट लिए ।