एजेन्सी । बंगलादेशले आईसीसी टि–२० विश्वकपअन्तर्गत खेलमा नेडरल्याण्ड्समाथि जित हासिल गरेको छ ।

विहिवार राति भएको खेलमा टेस्ट राष्ट्र बंगलादेशले एसोसियट राष्ट्र नेडरल्याण्ड्समाथि २५ रनको जित हासिल गरेको हो ।

महत्वपूर्ण जितसंगै बंगलादेशले समूह ‘डी’ मा ३ खेलबाट २ मा जित र १ मा हारको नतिजासहित ४ अंक जोड्दै समूह तालिकामा दोस्रो स्थानमा कायम रहेको छ ।

योसंगै बंगशादेशको सुपर ८ मा पुग्ने सम्भावना पनि बलियो बनेको छ ।

पराजित नेडरल्याण्ड्सको समान ३ खेलमा १ मा जित र २ मा हारको नतिजासहित २ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।

बारबडोसस्थित आर्नोस भाले रंगशालामा भएको खेलमा १६० रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको नेडरल्याण्ड्स निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३४ रनमा समेतियो ।

डच टोलीका लागि स्याब्रान्ड इङ्गलब्रेच्टले २२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३३ रन जोडेर आउट हुँदा विक्रमजित सिंहले १६ बल खेल्दै ३ चौका प्रहार गरेर २६ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कप्तान तथा विकेटकिपर स्कट इडवार्ड्सले २३ बलमा ३ चौका प्रहार गर्दै २५ रन जोडेर आउट हुँदा आर्यान दत्तले १२ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोडेर अविजित रहे ।

यता, ओपनर ब्याट्सम्यान माइकल लेभिटले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा अर्का ओपनर म्याक्स ओडोडले १६ बल खेल्दै ३ चौका प्रहार गरेर १२ रन जोड्दै पेविलियन फर्किए ।

लोगान भान बिक २, टिम प्रिङ्गले १ र बास दि लिड शुन्य रनमा पेविलियन फर्किए ।

नेडरल्याण्ड्सले अतिरिक्त रुपमा २ रन जोड्यो ।

डच टोलीलाई सस्तैमा समेत्दै महत्वपूर्ण जित हासिल गर्न बंगलादेशका लागि रिशाद हुसेनले ३ विकेट लिँदा तास्किन अहमेदले २, मुस्ताफिजुर रहमान, तान्जिम हसन सकिब र महमुदुल्लाहले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १५९ रन जोड्यो ।

बंगलादेशका लागि पुर्व कप्तान शकिब अल हसनले ४६ बलमा ९ चौका प्रहार गर्दै ६४ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा ओपनर ब्याट्सम्यान तान्जित हसनले २६ बल खेलनेक्रममा ५ चौका र १ छक्का प्रहार गर्दै ३५ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, महमुदुल्लाहले २१ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २५ रन जोडेर आउट हुँदा जाकेर अलीले ७ बल खेल्नेक्रममा ३ चौका प्रहार गरेर १४ रन जोड्दै अविजित रहे ।

यता, तौहिद हृदय ९ रनमा आउट हुँदा कप्तान नाजमुल हुसेन शान्तो र विकेटकिपर लिटन दास समान १–१ रनमा पेविलियन फर्किए ।

बंगलादेशले अतिरिक्त रुपमा १० रन जोड्यो ।

नेडरल्याण्ड्सका लागि आर्यान दत्त र पाउल भान मिकेरेनले समान २–२ विकेट लिँदा टिम प्रिङ्गलेले १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.