NEW YORK, NEW YORK - JUNE 05: Rohit Sharma of India plays a shot during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between India and Ireland at Nassau County International Cricket Stadium on June 05, 2024 in New York, New York. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

एजेन्सी । उपाधि दावेदार भारतले ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपमा आयरल्याण्डमाथि शानदार जित हासिल गरेको छ ।

बुधवार राति भएको लो स्कोरिङ खेलमा बलियो भारतले आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हासिल गरेको हो ।

जितसंगै भारतले समूह ‘ए’ मा २ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नास्सौ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा ९७ रनको सामान्य विजयी लक्ष्यका साथ मैदान ओर्लिएको भारतले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरे ।

भारतको जितमा कप्तान रोहित शर्माले ३७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दै रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिदा विकेटकिपर रिशभ पन्तले २६ बल खेल्नेक्रममा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रन जोडेर अविजित रहे ।

त्यस्तै, सुर्यकुमार यादव २ र विराट कोहोली १ रनमा पेविलियन फर्किदा शिभम् दुबे शुन्य रनमा अविजित रहे ।

भारतले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

आयरल्याण्डका लागि मार्क अदैरले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर १ विकेट लिँदा बेन्जामिन ह्वाइटले १ ओभर बलिङ गर्दै ६ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस जितेको भारतले आयरल्याण्डलाई पहिला ब्याटिङमा निम्त्यायो ।

आयरल्याण्डले १६ ओभर खेल्दै अलआउट हुनेक्रममा ९६ रन जोड्यो ।

आयरल्याण्डका लागि ग्यारेथ डेलेनीले १४ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २६ रन जोडेर रनआउट हुँदा जोशुआ लिटलले १३ बल खेल्दै २ चौका प्रहार गरेर १४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कर्टिस क्याम्फेरले ८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा विकेटकिपर लोर्कान टक्टरले १३ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।

यता, ओपनर ब्याट्सम्यान एन्ड्रेयु बालबिरनेई ५, ह्यारी टेक्टर ४, जर्ज डकरेल र मार्क अदैर समान ३–३, अर्का ओपनर कप्तान पाउल स्टर्लिङ २ र बेरी म्याककार्थी शुन्य रनमा पेविलियन फर्किदा बेन्जामिन ह्वाइट २ रनमा अविजित रहे ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.