भक्तपुर । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा जारी आईसीसी टि–२० विश्वकपको सुपर ८ समिकरण पूरा भएको छ ।

मंगलवार विहान समूह चरणका ३९ औं तथा अन्तिम खेल सकिएसंगै सुपर ८ समिकरण पूरा भएको हो ।

कुल २० टोलीको सहभागिता रहेको ९ औं संस्करणको टि–२० विश्वकपमा १२ टोली घर फर्किदा ८ टोलीले भने अघिल्लो चरणमा प्रवेश पाएका छन् ।

प्रत्येक ५–५ राष्ट्रलाई एक समूहमा राखी ४ समूह विभाजन गरि समूह चरणका खेलहरु खेलाइएका थिए ।

जसबाट शीर्ष दुईमा अताउन सफल टोलीले सुपर ८ मा प्रवेश पाए ।

समूह ‘ए’ बाट भारत र सह–आयोजक अमेरिका, समूह ‘बी’ बाट अष्ट्रेलिया र साविक विजेता इंग्ल्याण्ड त्यस्तै, समूह ‘सी’ बाट सह–आयोजक वेस्ट इन्डिज र अफगानिस्तान र समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ मा पुग्न सफल भए ।

्समूह ‘ए’ बाट बलियो मानिएको पाकिस्तानसहित आयरल्याण्ड र एसोसियट राष्ट्र क्यानडा, समूह ‘बी’ बाट एसोसियट राष्ट्रत्रय स्कटल्याण्ड, नामिबिया र ओमान, समूह ‘सी’ बाट टेस्ट राष्ट्र न्युजिल्याण्डसंगै एसोसियट राष्ट्रद्वय युगान्डा र पिएनजी त्यस्तै, समूह ‘डी’ बाट नेपालसहित टेस्ट राष्ट्र श्रीलंका र नेडरलयाण्ड्स प्रतियोगिताबाट बाहिरिएको छ ।

यो पाली सुपर ८ मा ७ टेस्ट टोली प्रवेश गर्दा अमेरिका एक एसोसियट टोलीले पनि स्थान बनाउन सफल भयो ।

सुपर ८ लाई पनि २ समूहमा विभाजन गरिएको छ ।

ग्रुप १ मा अष्ट्रेलिया, भारत, बंगलादेश र अफगानिस्तान रहँदा ग्रुप २ मा साविक विजेता इंग्ल्याण्डसंगै दक्षिण अफ्रिका वेस्ट इन्डिज र अमेरिका रहेका छन् ।

सुपर ८ का खेलहरु पनि समूह चरणका खेलझै राउण्ड एन्ड रोविनका आधारमा सञ्चालन हुनेछ ।

प्रत्येक ग्रुपका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्दा पुच्छारमा रहने दुई टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।

सुपर ८ का खेलहरु बुधवार रातिदेखि सुरु हुने तालिका रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.