
एजेन्सी । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने आईसीसी टि–२० विश्वकपका लागि भारतिय टोलीको टोली घोषणा गरेको छ ।
मंगलवार भारतिय क्रिकेटको शीर्ष निकाय बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसीसीआई) ले ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपका लागि चार वैकल्पिकसहित १९ सदस्सीय टोली घोषणा गरेको हो ।
रोहित शर्माको कप्तानीमा घोषित भारतिय टोलीमा उप–कप्तान हार्दिक पाण्डेया, विराट कोहली, यशस्वी जैसवाल, सूर्यकुमार यादब, ऋषभ पन्त, सन्जु सामसन, शिभम् दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदिप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज, शुभमन गिल, रिङ्कु सिंह, खलिल अहमद र आवेश खान समेतिएका छन् ।
शुभमन, रिङ्कु, खलिल र आवेश वैकल्पिकका रुपमा टोलीमा रहेका छन् ।
त्यस्तै, भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा उत्कृष्ट प्रदर्शन गरेसंगै यशस्वी, ऋषभ र सन्जुले स्थान बनाएका हुन् ।
जुन १ तारिखदेखि २९ तारिखसम्म सञ्चालन हुने टि–२० ढाँचाको विश्वकपमा उपाधि दावेदार टोली भारत समूह ‘ए’ मा रहेको छ ।
बलियो भारतले जुन ५ तारिखमा आयरल्याण्डसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
त्यस्तैगरी, समूह चरणमा जुन ९ तारिखमा भारतले चिरपरिचित प्रतिद्वन्दी पाकिस्तानसंग खेल्ने तालिका रहँदा १२ तारिखमा अमेरिका र १५ तारिखमा क्यानडासंग खेल्ने तालिका रहेको छ ।