
एजेन्सी । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपका लागि बंगलादेशले टोली घोषणा गरेको छ ।
मंगलवार बंगलादेश क्रिकेट बोर्डले नाजमुल हुसेनको कप्तानीमा टि–२० विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा गरेको हो ।
घोषित टोलीमा नाजमुल हुसेनसंगै तास्किन अहमेद (उपकप्तान), लिटन दास, सौम्य सरकार, तान्जिद तमिम, सकिब अल हसन, त्वाहिद हृदय, महमुद उल्लाम, जाकिर अली, तनविर इस्लाम, माहेदी हस्सन, राशिद हुसेन, मुस्ताफिजुर रहमान, सोरिफुल इस्लाम र तान्जिम सकिब रहेका छन् ।
नेपाल रहेकै समूह ‘डी’ मा रहेको बंगलादेशले प्रतियोगिताको पहिलो खेल श्रीलंकासंग जुन ८ तारिखमा खेल्नेछ ।
त्यस्तै, दोस्रो खेल दक्षिण अफ्रिकासंग १०, नेडरल्याण्ड्ससंग जुन १३ र नेपालसंग १७ तारिखमा खेल्ने तालिका रहेको छ ।