एजेन्सी । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टि–२० विश्वकपका लागि दक्षिण अफ्रिकाले टोली घोषणा गरेको छ ।
मंगलवार क्रिकेट साउथ अफ्रिका (सीएसए) ले ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपका लागि दुई वैकल्पिकसहित १७ सदस्सीय टोली घोषणा गरेको हो ।
घोषित टोलीमा अदैन मार्कराम (कप्तान), ओटनियल बारट्म्यान, क्विन्टन डि कक, बियोङ फोरच्युङ, रेजा हेन्डरिक्स, मार्को जन्सन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिच नोर्ट्जे, कागिसो ्रेराबडा, रायन रिक्लेन्टन, ताब्रैज शाम्सी, ट्रिस्टान स्टब्स, नान्द्रे बरगर र लुङ्गी एनगिडी समेतिएका छन् ।
बरगर र एनगिडी भने वैकल्पिकका रुपमा टोलीमा रहेका छन् ।
जुन १ तारिखदेखि २९ तारिखसम्म सञ्चालन हुने टि–२० ढाँचाको प्रतियोगितामा दक्षिण अफ्रिका नेपाल सम्मिलित समूह ‘डी’ मा रहेको छ ।
दक्षिण अफ्रिकाले जुन ३ तारिखमा श्रीलंकासंग, जुन ८ तारिखमा नेडरल्याण्ड्ससंग, जुन १० तारिखमा बंगलादेशसंग र जुन १४ तारिखमा नेपालसंग समूह चरणका खेलहरु खेल्ने तालिका रहेको छ ।