एजेन्सी । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टि–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीको घोषणा भएको छ ।

बुधवार अष्ट्रेलिया क्रिकेटको शीर्ष निकाय क्रिकेट अष्ट्रेलियाले आसन्न ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपका लागि १५ सदस्सीय अन्तिम टोली घोषणा गरेको हो ।

घोषित टोलीमा मिट्चेल मार्स (कप्तान), अस्तन अगर, प्याट कमिन्स, टिम डेभिड, नाथान इलिस, क्यामरन ग्रिन, जोस हाज्लेउड, ट्राभेस हेड, जोस इंग्लिस, ग्लिन म्याक्सवेल, मिट्चेल स्टार्क, मार्कुस स्टोइनिस, म्याथ्यु वाड, डेभिड वार्नर र एडम जाम्पा समेतिएका छन् ।

जुन १ तारिखदेखि २९ तारिखसम्म सञ्चालन हुने टि–२० ढाँचाको विश्वकपमा उपाधि दावेदार टोली अष्ट्रेलिया समूह ‘बी’ मा रहेको छ ।

अष्ट्रेलियाले जुन ५ तारिखमा एसोसिएट राष्ट्र ओमानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

त्यस्तैगरी, जुन ८ तारिखमा साविक विजेता इंग्ल्याण्ड, ११ तारिखमा एसोसिएट राष्ट्र नामिबिया र १५ तारिखमा स्कटल्याण्डसंग अष्ट्रेलियाले खेल्ने तालिका रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.