भक्तपुर । नेपालले आईसीसी महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत कुवेतमाथि फराकिलो जित निकालेको छ ।

विहिवार भएको छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले कुवेतमाथि १०८ रनको फराकिलो जित निकालेको हो ।

छनोट प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो ।

यसअघि बुधवार भएको पहिलो खेलमा नेपालले थाइल्याण्डमाथि ६७ रनको जित निकालेको थियो ।

योसंगै नेपालले छनोट तालिकामा २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा कायम रहेको छ ।

युएईको दुबईस्थित द सेभेन्स स्टेडियममा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३० रन जोड्यो ।

नेपालका लागि कप्तान पुजा महतोले ३८ बलमा ४ चौका प्रहार गर्दै ३४ रन जोडेर आउट हुँदा साना प्रविनले १८ बल खेल्नेक्रममा ५ चौका प्रहार गर्दै २५ रज जोडिन् ।

त्यस्तै, जोत्सिनिका मरासिनीले १८ बल खेल्दै २३ रन जोडिन् ।

कुवेतका लागि अलेशा पेवेकरले २ विकेट लिँदा जिफा जिलानीले १ विकेट लिइन् ।

यता, १३१ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको कुवेतले १३ ओभर खेल्नेक्रममा मात्र २२ रन जोडेर अलआउट भयो ।

कुवेतका लागि जिफा जिलानीले १७ बलमा १२ रन जोडिन् ।

नेपालका लागि चरना चौधरी र सिमाना केसीले २–२ विकेट लिँदा पुजा महतो, कष्मा गुरुङ र मनिषा उपाध्यायले १–१ विकेट लिइन् ।

छनोटअन्तर्गत नेपालले तेस्रो खेल सनिवार युएईसंग खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.