Ncell Nepal Super League 2025: Match between Dhangadi FC and Jhapa FC at Dasharath Stadium in Kathmandu on Monday 14.April.2025. Photo: Udipt Singh Chhetry/USC Images Production

भक्तपुर । काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीले जित निकालेको छ ।

सोमवार राति भएको खेलमा साविक उपविजेता धनगढी एफसीले झापा एफसीमाथि १–० को जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले आत्मघाती गोल उपहार प्राप्त गर्दै जित निकाल्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६० औं मिनेटमा झापाका दिपेश धिमालले आत्मघाती गोल गर्दा धनगढी १–० ले अघि बढ्यो ।

त्यसपछि खेलमा दुबै टोलीले केहि राम्रा अवसरहरु सिर्जना गरे तापनि गोल भने निकाल्न सकेन र खेल धनगढीको पक्षमा सकियो ।

जितसंगै धनगढीले ५ खेलबाट ३ मा जित र २ मा बराबरीको नतिजासहित ११ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

साविक विजेता ललितपुरको पनि समान ११ नै अंक रहे तापनि गोलअन्तरका आधारमा अघि रहँदै धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

योसंगै धनगढीले प्लेअफ्समा स्थान पक्का गरेको छ ।

पराजित झापाको समान ५ खेलमा ४ खेलमा बराबरी र १ खेलमा पराजय बेहोर्दै ४ अंकसहित तालिकाको छैटौं स्थानमा यथावत रहेको छ ।

झापाको प्लेअफ्स पुग्ने सम्भावना गणितिय संभावना कायमै छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.