भक्तपुर । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत खेलमा एफसी चितवनले झापा एफसीमाथि सहज जित निकालेको छ ।

शुक्रवार साँझ भएको खेलमा एफसी चितवनले झापा एफसीमाथि २–० को सहज जित हासिल गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनको जितमा रफिक अमिनुले दुबै गोल गरे ।

खेल सुरु भएको ७ औं मिनेटमा रफिकले गोल गर्दै चितवनलाई सुरुवाती अग्रता दिलाए ।

त्यस्तै, दोस्रो हाफको ७६ औं मिनेटमा काउन्टर अट्याकमा रफिकले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा चितवन २–० ले अघि बढ्यो ।

यता, झापाले खेलको ८० औं मिनेटमा पेनाल्टी पाएतापनि अन्जन बिष्ट चुक्न पुगे ।

त्यसपछि खेलमा थप गोल ननिस्केपछि चितवनले खेल जित्यो ।

सहज जितसंगै चितवनले सिजनको आठौं तथा अन्तिम खेलमा जित निकाल्दै ९ अंकका साथ तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

पराजयसंगै झापाले ८ खेलमा १० अंक जोडेको छ ।

हारसंगै झापाको अन्तिम चारमा पर्ने सम्भावना भने कमजोर बनेको छ ।

खेलको म्यान अफ द म्याच चितवनका कप्तान तथा गोलकिपर बिशाल श्रेष्ठ घोषित भए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.