
एजेन्सी । चर्चित टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा फ्रान्सका एन्जो कुवाकोडलाई पराजित गर्दै जोकोभिचले तेस्रो चरणमा स्थान पक्का गरेको हो ।
मेलर्बनमा भएको खेलमा पाँचौं वरियतामा रहेको सर्वियाली खेलाडीले फ्रान्सेली खेलाडीमाथि ६–१,६–७(५–७), ६–२ र ६–० ले पराजित गरेको हो ।
३५ वर्षीय जोकोभिचले अस्ट्रेलियन ओपन ९ पटक जितेका छन् । उनले पछिल्लोपटक सन् २०२१ मा अष्ट्रेलियन ग्रान्डस्लामको उपाधि जितेका थिए ।