भक्तपुर । सर्बियन खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
अस्ट्रेलियाको मेलबर्नमा मंगलबार भएको खेलमा स्पेनिस खेलाडी कार्बालेस बैनामाथि सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
३५ वर्षिय खेलाडीले स्पेनिस युवा खेलाडीमाथि ६–३, ६–४ र ५–० ले पराजित गरेको हो ।
गएको संस्करणमा सहभागी नरहेका लेजेण्डरी खेलाडी जोकोभिचले ८ पटक अस्ट्रेलियन ओपन जितिसकेका छन् ।