भक्तपुर । आईसीसी विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ ।

आईतवार भएको क्वालिफायरअन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसंग ८ विकेटले पराजित भएको हो ।

जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले दिएको २९१ रनको विजयी लक्ष्य जिम्बावेले ४४.२ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्दा नेपाल ८ विकेटले पराजित भएको हो ।

नेपाललाई हराउन जिम्बावेका लागि कप्तान क्रेइग इर्भाइनले १२८ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै अविजित १२१ रनको शतकिय पारी खेल्दा सेन विलियम्सले ७० बल खेल्दै १३ चौका र १ छक्का प्रहार गर्दै १०२ रनको शतकिय पारी खेल्दै अविजित रहे ।

त्यस्तै, वेस्ले मधेभेरेले ३८ बलमा २ चौका प्रहार गर्दै ३२ रन जोड्दै पेविलियन फर्किदा जोयलर्ड गुम्वेइले २९ बल खेल्दै ५ चौका मद्दतमा २५ रन जोडेर आउट भए । घरेलु टोलीले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

नेपालका लागि सोमपाल कामीले ५.३ ओभर बलिङ गर्दै ३० रन दिएर १ मेडनसहित १ विकेट लिँदा गुलशन झाले ८ ओभर बलिङ गर्दै ५६ रन खर्चिएर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २९० रन जोडेको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ९९ रनको पारी खेले । कुशल जिम्बावेका वेलिङटन मासाकाद्जाको बलमा बोल्ड हुँदा मात्र एक रनले शतक बनाउन चुके ।

त्यस्तै, नेपालका लागि आसिफ शेखले १०० बलमा ७ चौका प्रहार गर्दै ६६ रनको अर्धशतकिय पारी खेल्दा कुशल मल्लले ४२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन जोड्दै पेविलियन फर्किए ।

कप्तान रोहित पौडेलले २९ बलमा ५ चौका प्रहार गर्दै ३१ रन जोडेर पेविलियन फर्किदा गुलशन झाले १३ बलमा १ चौका मद्दतमा १३ रन जोडदै आउट भए ।

आरिफ शेखले १० बलमा ११ रन जोड्दै आउट हुँदा भिम सार्की शुन्य रनमा पेविलियन फर्किए ।

दिपेन्द्र सिंह ऐरीले ६ रन जोडेर आउट हुँदा करण केसी २ रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा २२ रन जोड्यो ।

घरेलु टोलीका लागि रिर्चाड एनगाराभाले सर्वाधिक ४ विकेट लिँदा वेलिङटन मासाकाद्जाले २ विकेट लिए । त्यस्तै, तेनदाइ छतारा र ब्लेसिङ मुजाराबानीले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.