एजेन्सी । घरेलु टोली जिम्बावेले आईसीसी विश्वकप छनोटअन्तर्गत खेलमा टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई ३५ रनले पराजित गरेको छ ।
सनिवार जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा २६९ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको बलियो वेस्ट इन्डिजलाई ४४.४ ओभरमा अलआउट गर्दै २३३ रनमा रोकेसंगै जिम्बावे ३५ रनले विजयी भएको हो ।
महत्वपूर्ण जितसंगै समूह ‘ए’ मा रहेको जिम्बावे ३ खेलमा ६ अंक जोड्दै समूह तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित वेस्ट इन्डिजको समान खेलमा ४ अंक छ । वेस्ट इन्डिज तेस्रो स्थानमा छ ।
वेस्ट इन्डिजका लागि केल मायर्सले ७२ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५६ रनको अर्धशतकिय पारी खेल्दा रोस्टन चेसले ५३ बल खेल्दा ३ चौका प्रहार गर्दै ४४ रन बनाउँदै पेविलियन फर्किए ।
त्यस्तै, निकोलास पुरनले ३६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३४ रन बनाउँदै पेवियिन फर्किदा कप्तान तथा विकेटकिपर शिइ होपले ३९ बलमा ३ चौका प्रहार गर्दै ३० रनमा आउट भए ।
ब्रान्डोन किंगले १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडदै आउट हुँदा जसन होल्डरले २७ बलमा २ चौका प्रहार गर्दै १९ रन जोडेर आउट भए ।
अकेल होसेइन ३ रनमा अविजित रहँदा अल्जारी जोसेप ३, केमो पाउल, रोभम्यान पावेल र जसन चार्लिस समान १–१ रनमा पेविलियन फर्किए । वेस्ट इन्डिजले अतिरिक्त रुपमा २१ रन जोड्यो ।
वेस्ट इन्डिजलाई सस्तैमा समेत्न घरेलु टोलीका लागि तेन्दाइ छताराले ९.४ ओभर बलिङ गर्दै ५२ रन खर्चिएर ३ विकेट लिँदा रिर्चाड एनगाराभाले ६ ओभर बलिङ गर्दै २ मेडनसहित २५ रन दिएर २ विकेट लिए ।
त्यस्तै, ब्लेसिङ मुजाराबानीले ७ ओभर बलिङ गर्दै १ मेडन राख्दै ३३ रन दिएर २ विकेट हात पारे । सिकन्डर राजाले पनि ८ ओभर बलिङ गर्दा ३६ रन दिएर २ विकेट हात पार्दा विलिङटन माकासाद्जाले ७ ओभरमा ३९ रन दिएर १ विकेट लिए ।
त्यसअघि वेस्टइन्डिजले टस जित्दै जिम्बावेलाई पहिला ब्याटिङमा निम्त्याएको थियो । घरेलु टोलीले ४९.५ ओभरमा अलआउट हुँदै २६८ रन जोडेको थियो ।
घरेलु टोलीका लागि सिकन्डर राजाले ५८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६८ रनको अर्धशतकिय पारीइ खेल्दा रायन ब्रुलले ५७ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ५० रनको अर्धशतक प्रहार गरे ।
त्यस्तै, कप्तान क्राइग इर्भेनले ५८ बलमा ७ चौका प्रहार गर्दै ४७ रन बनाउँदै पेविलियन फर्किदा जोयलर्ड गुम्बेइले ५० बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै २६ रनमा आउट भए ।
सिन विलियनम्सले २६ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै २३ रनमा आउट हुँदा ब्लेसिङ मुजाराबानी ११ रनमा अविजित रहे ।
यता, तेन्डेइ छतारा ८, वेलिङ्टन मासाकाद्जा ६, विकेटकिपर क्लिभ मदान्दे ५, रिर्चाड एनगाराभा ४ र वेस्ले मधेभेरे २ रनमा आउट भए । जिम्बावेले अतिरिक्त रुपमा १८ रन जोड्यो ।
वेस्ट इन्डिजका लागि केमो पाउलले १० ओभर बलिङ गर्दा ६१ रन खर्चिएर ३ विकेट लिँदा अल्जारी जोसेपले १० ओभर बलिङ गर्दा २ मेडन राख्दै ४२ रन दिएर २ विकेट लिए ।
त्यस्तै, अकेल होसेइनले ८ ओभरमा ४५ रन दिएर २ विकेट लिँदा रोस्टन चसले ४ ओभर बलिङ गर्दा २७ रन दिएर १ विकेट लिए ।
छनोट प्रतियोगिताअन्तर्गत भोली (आईतवार) स्कटल्याण्डले ओमानसंग प्रतिस्पर्धा गर्नेछ भने आयरल्याण्डले श्रीलंकाको सामना गर्नेछ ।