एजेन्सी । इंग्लिस क्लब लिभरपूल युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगबाट बाहिरिएको छ ।

विहिवार राति भएको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेग खेलमा इटालियन क्लब एटलान्टामाथि १–० को जित हासिल गरेतापनि समग्रमा ३–१ ले पराजित हुँदै लिभरपूल प्रतियोगिताबाट बाहिरिएको हो ।

त्यसअघि मर्सिसाइड क्लब आफ्नै मैदान एन्डफिल्ड रंगशालामा ३–० ले पराजित भएको थियो ।

गयराति इटालियन क्लबको घरेलु मैदान गिविस रंगशालामा भएको खेलमा मोहम्मद सल्लाहले एक गोल गरे ।

साल्लाहले खेलको सातौं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै लिभरपूललाई १–० ले अघि बढाए ।

तर, त्यसपछि खेलमा थप गोल गर्न नसक्दा लिभरपूल समग्रमा ३–१ को हार बेहोर्न बाध्य बन्यो ।

एटलान्टा भने प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.