भक्तपुर । आयोजक टोली केपी ओली एफसीमाथि जित हासिल गर्दै जावलाखेल युथ क्लब दोस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलवार भएको क्वाटरफाइनल खेलमा आयोजक केपी ओली एफसीमाथि २–१ को जित हासिल गर्दै ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लब केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

पराजयसंगै आयोजक टोली भने प्रतियोगिताबाट बाहिरिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा जावलाखेलको जितमा निराजन धामी र निरज चौधरीले गोल गर्दा पराजित टोलीका लागि अदमा दौम्बियाले एक गोल फर्काए ।

आयोजक टोलीका कमल श्रेष्ठले ब्याक पास गरेको बललाई नियन्त्रणमा लिँदै निराजनले सहजै गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए ।

त्यस्तै, दोस्रो हाफमा परिर्वतित खेलाडीका रुपमा मैदान छिरेका निरज चौधरीले ८१ औं मिनेटमा डिबक्स बाहिर गोल गर्दै जावलाखेललाई २–० ले अघि बढाए ।

तर, खेलको ८३ औं मिनेटमा मिलनको फ्रिकिकमा अदमा दौम्बियाले गोल फर्काउँदै आयोजक टोलीलाई २–१ को अवस्थामा ल्याए ।

त्यसपछि खेलमा थप गोल निस्किएन र जावलाखेल २–१ ले विजयी भयो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.