भक्तपुर । कतारमा जारी फिफा विश्वकपको समूह ‘इ’ को खेलमा जापानले जर्मनीलाई पराजित गरेको छ ।
बुधवार खालिफा अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा एसियाली राष्ट जापानले बलियो युरोपेली राष्ट्र जर्मनीलाई २–१ ले पराजित गरेको हो ।
एसियाली पावरहाउस जापानले १–० ले पछि रहेको अवस्था उल्ट्याउदै जर्मनीमाथि रोमाञ्चक जित हात पारेको हो ।
यसअघि चार पल्ट विश्वकपको उपाधि जितिसकेको जर्मनीले इल्के गुन्डुवानको पेनाल्टी गोलमार्फत खेलको ३३ औं मिनेटमा १–० अग्रता दिलाएका थिए ।
त्यस्तै, पहिलो हाफको अतिरिक्त समयमा काई हाभाटेजले अग्रता दोब्बर पारे पनि भीएआरले मान्यता दिएन । जर्मनीले पहिलो हाफमा पाएका केहि राम्रा अवसरहरु सदुपयोग गर्न सकेन ।
दोस्रो हाफको ७५ औं मिनेटमा जापान रिटुस डोनको गोलमार्फत खेलमा फर्कियो । त्यसपछि आक्रमक देखिएको जापानले ८३ औं मिनेटमा ताकुमा आसानोको गोमार्फत २–१ को अग्रता लियो ।
त्यसपछि जर्मनीले निरन्तर बराबरीको लागि प्रयास गरेपनि गोल भने गर्न सकेन र खेल जापानले २ण्१ ले जित्यो । जितसंगै जापानले महत्वपूर्ण ३ अंक जोडेको छ ।