एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले युरोपेली फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को खेलमा जर्मन क्लब आरबी लाइपजिङमाथि साँघुरो जित निकालेको छ ।

मंगलवार राति भएको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा युरोपेली शीर्ष फुटबलको सर्वाधिक सफल क्लब रियल मड्रिडले आरबी लाइपजिङमाथि १–० को साँघुरो जित निकालेको हो ।

जर्मन क्लबको घरेलु मैदान रेडबुल एरिना रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीलाई जिताउन ब्राहिम डाइजले एकमात्र निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ४८ औं मिनेटमा ड्यानी कार्भाजलको असिस्टमा डाइजले गोल गर्दै मड्रिडलाई १–० ले जिताए ।

साँघुरो जितसंगै मड्रिडले पहिलो लेग खेलमा १ गोलको अग्रता लिएको छ ।

अब दोस्रो लेग खेल मार्च ७ तारिखमा मड्रिडको घरेलु मैदान स्यान्टियागो बेर्नाबाउमा हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.